कोअपरेटिभ मेनेजर्स क्लब, काभ्रेको आयोजनामा ‘सहकारीमा सुरक्षा संयन्त्र’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । अल्ट्रानेट कम्युनिकेशनको प्राविधिक सहयोगमा जिल्ला सहकारी संघ लि. काभ्रेको सभा हलमा उक्त अन्तरक्रिया कार्यक्रम भएको हो।
क्लबका अध्यक्ष मदन बस्नेतको सभापतित्वमा संचालित कार्यक्रममा जिल्ला सहकारी संघ, काभ्रेका अध्यक्ष दिलिप शर्मा प्रमुख अतिथिको रुपमा रहेका थिए । काभ्रे जिल्लाका विभिन्न सहकारी संस्थाहरुबाट ४० जनाको सहभागिता रहेको कार्यक्रमलाई हिकभिजन नेपालका तर्फबाट सुप्रिम कोईराला र रुपेश बस्नेतले सहजीकरण गरेका थिए।
सहकारी संस्थाहरुमा दिनानुदिन एकपछि अर्को चोरी डकैती बढ्दै गएको र सुरक्षा चुनौती थपिँदै गएको सन्दर्भमा संस्थाहरुलाई सुरक्षित बनाउनको लागि पहलकदमी स्वरुप कार्यक्रम आयोजना गरिएको अध्यक्ष बस्नेतले बताए । क्लबका सचिव ठाकुरनाथ अधिकारीले सञ्चालन गरेको कार्यक्रममा सहभागीहरुलाई क्लबका उपाध्यक्ष गोपाल दाहालले स्वागत गरेका थिए।