बुधबार, कार्तिक १२ गते २०८३

‘सहकारी स्वनियमनमा चल्ने संस्था हो, राष्ट्र बैंक  छिर्न चाहँदैन’

आषाढ १, २०८० शुक्रबार
‘सहकारी स्वनियमनमा चल्ने संस्था हो, राष्ट्र बैंक  छिर्न  चाहँदैन’

गर्भनर महाप्रसाद अधिकारीले  राष्ट्र बैंक सहकारीमा छिर्न नचाहेको बताएका छन् । म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल ‘म्यान’ले आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमाथिको छलफल कार्यक्रममा  बोल्दै  गभर्नर अधिकारीले सहकारी स्वनियमनमा सञ्चालन हुने संस्था भएको बताए  ।  

उनले भने, ‘तथापि, सहकारीहरु नियमनमा रहनुपर्छ भन्ने कुरा हामीले वर्षौंदेखि भन्दै आएका छौं । कन्फिडेन्सको कुरा आउँछ, वित्तीय कारोबार गर्ने संस्थाहरुमा अविश्वास बढ्यो भने केहीले पनि धान्न सक्दैन ।  सहकारीमा पनि भएको त्यही हो । ’ उनले  सहकारीमा पहिलाको जस्तो समस्या  नआउने समेत बताए  ।  गर्भनर अधिकारीले  सहकारीको पैसा जग्गामा  फसेको हुन सक्ने  जनाए  ।