शनिबार, आश्विन १७ गते २०८३

तीन अर्ब रूपैया बराबरको ऋणपत्र जारी गर्दै नबिल बैंक

जेठ ३२, २०८० बिहीबार
तीन अर्ब रूपैया बराबरको ऋणपत्र जारी गर्दै नबिल बैंक

नबिल बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र ‘नबिल डिबेन्चर २०८७’ निष्कासन गर्ने भएको छ।

ऋणपत्र निष्कासनको नेपाल राष्ट्र बैंकले पनि स्वीकृति दिइसकेको छ । ऋणपत्रको बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र कुमारी क्यापिटलका कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले ऋणपत्र समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। 

ऋणपत्र जारी भएपश्चात बैंकको पुँजीगत आधार थप सबल भई व्यापार वृद्धि तथा जोखिम व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा बैंकको छ ।