शनिबार, आश्विन १७ गते २०८३

असार महिनामा बैंकको ब्याजदर घटबढ नहुने

जेठ ३०, २०८० मंगलबार
असार महिनामा बैंकको ब्याजदर घटबढ नहुने

 

असार महिनामा ब्याजदर घटबढ नहुने भएको छ । नेपाल बैंकर्स संघको मंगलबार बिहान बसेको बैठकले असार महिनाका लागि बचतमा दिने ब्याजदर स्थिर राख्ने निर्णय गरेका हुन् । 

अघिल्लो महिना जेठमा पनि बैंकहरुले ब्याजदर स्थिर राखेका थिए । बैंकहरुले अहिले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.९९ र संस्थागत मुद्दतीमा अधिकतम ७.९९ प्रतिशत ब्याजदर दिइरहेका छन् । उक्त ब्याजदर नै असारमा पनि कायम राख्ने सहमति बैंकहरूले गरेका हुन् । 

निक्षेपतर्फको ब्याजदर कम हुँदै गएको र त्यसको असरले असारमा कर्जाको ब्याजदर भने केही प्रतिशत घट्न सक्ने देखिन्छ ।

वाणिज्य बैंकहरूले ब्याजदर स्थिर राख्ने निर्णय गरेसँगै विकास बैंक तथा फाइनान्स कम्पनीहरूले पनि व्यादजर स्थिर राख्न सक्ने संकेत देखिएको छ ।