शनिबार, आश्विन १७ गते २०८३

पुँजीबजारका ५६ लाख लगानीकर्ताको सुरक्षा बोर्डको जिम्मेवारी: अर्थमन्त्री

जेठ २५, २०८० बिहीबार
पुँजीबजारका ५६ लाख लगानीकर्ताको सुरक्षा बोर्डको  जिम्मेवारी: अर्थमन्त्री

अर्थ मन्त्री डा. प्रकाशशरण महतले लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नु धितोपत्र बोर्डको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।

धितोपत्र बोर्डको ३१औँ वार्षिकोत्सवको अवसरमा मन्त्री डा. महतले उहाँले पुँजीबजारका ५६ लाख लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नु बोर्डको दायित्व र जिम्मेवारी भएको जनाएका हुन्।

उनले भने‘ “शेयर बजारमा लगानी र आयआर्जनका दृष्टिले ठुलो आकर्षण छ । त्यसैले गर्दा बोर्डको जिम्मेवारी र दायित्व बढेको छ ।” 

धितोपत्र बोर्डले नियमनको काम प्रभावकारीरुपमा गर्नुपर्ने भन्दै शेयर बजारलाई अझैँ स्वच्छ, विस्तारित र लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नका लागि आफ्नो तर्फबाट पूर्णरुपमा सहयोग हुने जनाए । 

‘सेयर बजारमा चलखेल गर्ने हेतुले केही लगानीकर्ताहरुले सबै लगानीकर्ताहरुलाई आम्दानीमा आयकर लाग्छ भन्दै बजार बढाउने र घटाउने गरेर फाइदा लिए,’ उनले भने।

सेयर बजारलाई स्वच्छ, विस्तारित र लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नका लागि आफ्नो तर्फबाट पूर्णरुपमा सहयोग हुने उनले बताए । आगामी आर्थिक वर्षका लागि आय तथा व्यय प्रस्तुत गर्दा सेयर बजारको विषयमा गरिएको व्यवस्थाको उद्देश्य आम लगानीकर्तालाई आयकरको दायरामा ल्याउन नभएकाे उनकाे भनाइ छ । सीमित लगानीकर्ताहरुले गलत हल्ला चलाएको उनको दावी छ ।

अर्थमन्त्री महतले सेयर बजारमा अहिले वित्तीय र जलविद्युत क्षेत्रका कम्पनीहरु धेरै सूचीकृत भएको बताउँदै अन्य रियल सेक्टरका कम्पनीहरुलाई सेयर बजारमा समावेश गर्नुपर्ने बताएका छन्।