शनिबार, आश्विन १७ गते २०८३

मौद्रिक नीतिका लागि सुझाव पठाउन असार १० सम्मकाे समय


जेठ २४, २०८० बुधबार
मौद्रिक नीतिका लागि सुझाव पठाउन  असार १० सम्मकाे समय

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । मौद्रिक नीतिको तयारी गरिरहेको राष्ट्र बैंकले सर्वसाधारण तथा सरोकारवालाबाट राय सुझाव मागेको हो । सुझाव असार १० गतेभित्र पठाउनुपर्ने राष्ट्र बैंकले जनाएको छ । 

ईच्छुक सरोकारवालाले आफ्ना सुझावहरु राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको इमेलः monetaripolicy@nrb.gov.np मा पठाउन सक्नेछन् भने ०१–४४१७४९७ मा फोन गरेर वा ०१–४४३३३६५ मा फ्याक्स गरेर समेत मौद्रिक नीतिका लागि सुझाव दिन सकिनेछ । 

नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा व्यवस्था भएबमोजिम राष्ट्र बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ। साउनको दोश्रो सातासम्म मौद्रिक नीति प्रकाशन गर्ने राष्ट्र बैंकको तयारी रहेको छ ।

monetary policy.jpg