मंगलबार, कार्तिक ११ गते २०८३

 विन्धवासिनी सहकारी संस्थाले विद्युतीय उपकरण खरिद लागि सहुलियत दरमा ऋण दिने 

जेठ २३, २०८० मंगलबार
 विन्धवासिनी सहकारी संस्थाले विद्युतीय  उपकरण खरिद लागि सहुलियत दरमा ऋण दिने 


विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई विद्युतीय साधन खरिदका लागि सहुलियत व्याजदरमा ऋण लगानी गर्ने भएको छ ।

संस्थाले विश्व वातावरण दिवसको अवसर पारेर  विद्युतीय घरायसी उपकरण खरिदका लागी सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउने भएको हो । संस्थाले विश्व वातावरण दिवसको अवसरमा कार्यक्रम गरि सदस्यहरुलाई विद्युतीय सवारी साधन (मोटरसाईकल तथा स्कुटर) एवं विद्युतीय घरायसी उपकरण खरिदका लागि सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउने जनाएको हो ।

विश्वमा दिनानुदिन वढ्दै गईरहेको तापमान नियन्त्रण एवं न्यूनिकरण तथा वातावरण संरक्षण कार्यक्रम अन्तरगत संस्थामा आवद्ध सदस्यलाई सहुलियत कर्जा दिने कार्यको  शुरु गरेको छ ।   संस्थाले आफ्नो कार्यलय भवनको हाताभित्र प्लाष्टिक निषेधित क्षेत्र समेत घोषणा गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत केबी लामाले  बताए ।