प्रभु बैंकले लक्जम्बर्गको एमएसएमई इन्टरप्राइजेजबाट ५० लाख डलर बराबरको ऋण भित्राउने भएको छ। लक्जम्बर्गको एमएसएमई ईन्टरप्राईजेज बन्ड एसएबाट विश्व वातावरण दिवसको अवसर उक्त रकम ल्याउन लागेको हो ।
हरित लगानी अन्तर्गत विद्युतीय सवारी साधनहरूमा लगानी गर्न ४ बर्षका लागि उक्त रकम बैंकले प्राप्त गरेको हो । जलवायु परिवर्तनलाई टेवा पुग्ने हिसावले सो रकम सोही क्षेत्रमा लगानी गर्नेछ ।
बैंकलाई प्राप्त उक्त रकम सार्वजनिक यातायात र ब्यक्तिगत प्रयोजनका लागि प्रयोग हुने विद्युतीय सवारीसाधनहरू खरीद तथा आयातका लागि सहज रुपमा उपलब्ध गराइने बैंकले जानकारी दिएको छ ।