शनिबार, आश्विन १७ गते २०८३

राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिभिजन बीच व्यवसायिक सम्झौता

जेठ २१, २०८० आइतबार
राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिभिजन बीच व्यवसायिक सम्झौता

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल टेलिभिजन बीच २०८० सालको लागि व्यवसाय प्रवद्र्धनका लागि टिभीसी प्रसारण गर्ने सम्बन्धमा आइतबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजङ्ग शाहले हस्ताक्षर गरेका हुन् । सम्झौतापछि राष्ट्रिय वाणिज्य बैंकले उपलब्ध गराएको टिभिसी नेपाल टेलिभिजनबाट दैनिक १६ पटक समाचार अगाडि तथा बीचमा प्रसारण गरिनेछ ।

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पश्चात दुबै संस्थाको व्यवसाय बृद्धि तथा सरकारको नीति तथा कार्यक्रमको कार्यन्वयनमा थप सघाउ पूग्ने विश्वास व्यक्त गरे । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजङ्ग शाहले दुबै सरकारी संस्थाको धेरै अवस्था मिल्ने बताउँदै राष्ट्र र जनताप्रतिको दायित्व पूरा गर्न सहयोग पुग्ने जनाए ।

बैंकले हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाम सहित २७१ वटा शाखा कार्यालय, ५२ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग, विभिन्न प्रवधिजन्य सेवा सेवाहरु समेत सञ्चालन गर्दै आएको छ ।