शुभकामना बचत तथा ऋण सहकारी संस्थाले २३ औं स्थापना दिवसको अवसरमा निः शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । संस्थाले स्थापना दिवसको उपलक्ष्यमा हाडजोर्नी तथा नशा रोग फिजियोथेरापी र जनरल स्वास्थ्य शिविरको आयोजना गरेको हो । स्काइस्याम हेल्थ केयर एण्ड रिहियावि सेन्टरको प्राविधिक सहयोगमा भएको स्वास्थ्य शिविरमा १ सय ३८ जनाले स्वास्थ्य जाँच गराएका थिए ।
हाडजोर्नी तथा नशा रोग, फिजियोथेरापी तथा जनरल स्वास्थय शिविरबाट सदस्य तथा गैरसदस्यको चेक जाँच गराउनुका साथै निःशुल्क औषधी समेत वितरण गरिएको थियो । संस्थाले सोहि अवसरमा खुल्ला रक्तदान समेत आयोजना गरेको छ ।