बुधबार, कार्तिक १२ गते २०८३

‘बचत दुरुपयोग गर्ने सहकारीकर्मीहरुको पछाडि संघ, महासंघ लाग्नु हुँदैन’

जेठ १८, २०८० बिहीबार
‘बचत दुरुपयोग गर्ने सहकारीकर्मीहरुको पछाडि संघ, महासंघ लाग्नु हुँदैन’


भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्ण गोविन्द लाखाजुले बचत दुरुपयोग गर्ने सहकारीकर्मीको पछाडि संघ र महासंघ लाग्न नहुने बताएका छन् ।

एक्सेस कार्यक्रम, बागमती पहिलो समुहको २८औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठीमा बोल्दै उनले भने ‘सदस्यको बचत दुरुपयोग गर्ने सहकारीकर्मीहरुको पछाडि संघ, महासंघ लाग्नु हुँदैन ।’

हाल भइ रहेको सहकारी बचाउ अभियानवारे व्यक्त गर्दै सहकारी अभियानका व्यक्तिले कानुन संम्वत भए समर्थन गर्नुपर्ने र कानुनी विपरित भए बचाउ अभियानको विरोध गर्नु पर्ने भनि राम्रो लाई राम्रो र गलतलाई गलत भन्न सक्नु पर्ने उनको भनाई थियो । सिटी जुलुस र कुलिङ पिरियडको बारेमा समेत आफ्नो सहमति नरहेको उनको धारणा थियो । उनले भने ‘सुशासनमा बसेका सहकारी संस्थाले त्यस्ता गतिविधिको विरोध नगरे हामी र अन्यमा कुनै फरक नहुने भयो ।’

ऋण संघको कार्य, बचत तथा ऋणको कार्य र विभिन्न प्रकृतिका सहकारी संस्थाको कार्य फरक फरक हुनु पर्नेमा एकै थरिका कार्य बचत तथा ऋण मात्र गरिरहेकाले राज्य पक्षले सहकारीलाई हेर्ने तरिका फरक भएको उनको भनाई थियो ।

उनले यस्ता कार्यशाला एक आपसमा आफ्ना असल अभ्यास साटासाट गर्ने यो थलो धेरै राम्रो सिकाइ विधिको भएका जनाए । 
कार्यक्रममा नेमकिपा केन्द्रिय सदस्य एवं बागमति प्रदेश सभाका सभासद सुरेन्द्र राज गोसाईंले वर्तमान समयमा सहकारीमा आएको समस्यालाई बेलैमा समाधान नगरेमा श्रीलंकाको जस्तो दुर्गति र पाकिस्तानको जस्तो दुरावस्था भोग्न बाध्य हुने भन्दै बेलैमा सचेत हुन जोड दिए ।

श्री बाराही बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।

कार्यशालामा विशेष अतिथि नेफ्स्कूनका संचालक मन्दरा मिश्र, अतिथि भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष श्री कृष्णगोविन्द लाखाजु, अतिथि एक्सेस कार्यक्रमका सहजकर्ता श्री प्रेमनाथ वाग्ले, अतिथि नेफ्स्कूनका अधिकृत श्री सोविता मैनाली, सहभागि अतिथि सहकारी संस्था विन्धवासिनी साकोस बनेपा काभ्रे, चण्डेश्वरी साकोस बनेपा काभ्रे, एकिकृत फ्रेण्डसिप साकोस जिरी दोलखा, जनसचेतन साकोस मैनापोखरी दोलखा, मन्थली साकोस रामेछाप, सामुदायिक साकोस पनौती काभ्रे, सिद्धिगणेश साकोस भक्तपुर, शिक्षक कल्याण साकोस चरिकोट दोलखा र श्री बाराही साकोसका पदाधिकारीहरु समेतको सहभागिता रहेको थियो ।

shree barahi 2.JPG