शनिबार, आश्विन १७ गते २०८३

सनराइज बैंकद्वारा वीरेन्द्रनगरका कृषकलाई दुग्ध उत्पादन तालिम

जेठ १७, २०८० बुधबार
सनराइज बैंकद्वारा वीरेन्द्रनगरका कृषकलाई दुग्ध उत्पादन तालिम

 

सनराइज बैंकले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका कृषकहरुलाई दुग्ध उत्पादन सम्बन्धी सीपमुलक तालिम दिएको छ । 

स्थानीय तहमा सुुहाउँदो कृषि व्यवसाय सम्बन्धी तालिम स्थानीय व्यक्तिहरुलाई प्रदान गरेर उनीहरुको आम्दानी वृद्घिमा मद्दत गर्ने तथा त्यस व्यवसायमा आवश्यक पर्ने बैंकिङ्ग ज्ञान प्रदान गर्ने उद्देश्य साथ जेष्ठ ८ गतेदेखि वीरेन्द्रनगरमा ३५ जना महिलाहरुको सहभागितामा ५ दिने दुग्ध उत्पादन सम्बन्धी सिपमुलक तालिम तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरिएको बैंकले जनाएको छ।

सीपमुलक तालिमले महिला कृषकहरुमा दुग्ध पदार्थको उत्पादन बृद्घि, त्यसको बजारीकरण र बचतका बारेमा ज्ञान प्रदान भएको र यसले उनीहरुको व्यवसायिक क्षमतामा वृद्घि गर्ने बैंकले विश्वास लिएको छ ।

sunrise 2.jpeg