शनिबार, आश्विन १७ गते २०८३

बजेट कार्यान्वयनमा शङ्का नगर्न अर्थमन्त्रीको आग्रह

जेठ १६, २०८० मंगलबार
बजेट कार्यान्वयनमा शङ्का नगर्न अर्थमन्त्रीको आग्रह


अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट कार्यान्वयनमा शङ्का नगर्न सरोकारवालासँग आग्रह गरेका छन् । मंगलबार अर्थ मन्त्रालयमा आयोजित पोस्ट बजेट पत्रकार सम्मेलनमा बोल्दै उनले यसपटक बजेट कार्यान्वयनका समस्या पहिचान गरी बजेट निर्माण गरिएको बताए । बजेट प्रणालीमा सुधार, कार्यान्वयन सुधारमा बुँदागत रुपमै प्रयास गरिएको उनको भनाई छ ।  

पुँजीगत खर्च प्रणालीमा देखिएको समस्या सुधार गर्ने गरी बुँदागत व्यवस्था बजेटमा आएको छ,’ मन्त्री महतले भने,‘ त्यसलाई हामी गम्भीरताका साथ कार्यान्वयन गर्छौं ।’ ऋणको साँवा ब्याज दायित्व र समाजिक सुरक्षा दायित्व बढेकाले पुँजीगत खर्च घटेको मन्त्री महतले बताए ।‘चालु आर्थिक वर्षमा विकास बजेट ४ खर्ब ७१ अर्ब विनियोजन गरिएको छ,’ महतले भने,‘हामीले पुँजीगत खर्चलाई मात्रै विकास बजेट भन्नु हुँदैन ।’

अर्थतन्त्रमा देखिएका समस्याको समाधान गर्ने गरी बजेट निर्माण गरेको भन्दै उनले आगामी दिनमा बजेटमा उल्लेख भएका सबै बुँदा कार्यान्वयन आफू प्रतिवद्ध रहेको जनाए ।