शनिबार, कार्तिक ८ गते २०८३

एम बैंकबाट आइएमई पेमा पैसा लोड गर्ने ग्राहकलाई एक हजारको क्यासब्याक

जेठ १६, २०८० मंगलबार
एम बैंकबाट आइएमई पेमा पैसा लोड गर्ने ग्राहकलाई एक हजारको क्यासब्याक

आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ ले एम बैंकमार्फत आइएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई १ हजार क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ। सहकारी संस्थाका ग्राहकलाई विद्युतीय भुक्तानीतर्फ प्रेरित गर्ने उद्देश्यका साथ आइएमई पेले एम बैंकमार्फत आइएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई १ हजार क्यासब्याक दिने भएको हो।

यो क्यासब्याक अफरअन्तर्गत प्रत्येक हप्ता एकजना भाग्यशाली प्रयोगकर्ताले १ क्यासब्याक जित्न सक्नेछन्। क्यासब्याकको रकम विजेतालाई वालेटमा प्रदान गरिनेछ। यो क्यासब्याक अफर केही समयावधिका लागिमात्र लागू हुनेछ। 

केही समययता आइएमई पे र एम बैंकबीच सहकारी संस्थालाई डिजिटल भुक्तानीसँग जोड्ने उद्देश्यका साथ यो सम्झौता भएको थियो। सम्झौतापत्रमा आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम बैंकका प्रमुख कार्यकारी अधिकृत विष्णु महर्जनले हस्ताक्षर गरेका छन्।