बुधबार, कार्तिक १२ गते २०८३

जिल्ला सहकारी संघ काभ्रेले दियो वित्तीय साक्षरता प्रशिक्षक प्रशिक्षण तालिम

जेठ १६, २०८० मंगलबार
जिल्ला सहकारी संघ काभ्रेले दियो  वित्तीय साक्षरता प्रशिक्षक प्रशिक्षण तालिम

जिल्ला सहकारी संघ काभ्रकोे आयोजना तथा काठमाण्डौ विश्व विद्यालय स्कूल अफ एजुकेसनको प्राविधिक सहयोगमा ३ दिने बित्तीय साक्षरता प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएकोे छ ।  राष्ट्रिय सहकारी महासंघका सञ्चालक डिबी बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको  तालिम सम्पन्न भएको हो ।

तालिममा जिल्ला भित्रका २७ जना अधिकृतस्तरका कर्मचारीहरुको सहभागिता रहेको थियो । तालिममा वित्तीय साक्षरताका बिज्ञ सनतप्रसाद सापकोटाको प्रशिक्षण दिएका थिए  ३ दिनसम्म चलेको तालिमका क्रममा सहकारी संस्था तथा शेयर सदस्यहरुका वित्तीय व्यवस्थापनका सन्दर्भमा बचत तथा ऋणका विषयमा कसरी व्यवस्थापन गर्दै लाग्न सकिन्छ भन्ने बिषयसँग सम्वनिधत रहेर सैद्धान्तिक तथा व्यवहारिक बिषयमा छलफल भएको थियो । तालिम निकै सफल भएको र धेरै भन्दा धेरै बिषयहरुमा जानकारी प्राप्त भएको सहभागीले बताए । । हाल सहकारी क्षेत्रमा देखिएका समस्या तथा तरलता अभाव हुन नदिन यस्ता खालका तालिमले महत्वपूर्ण भूमिका निर्बाह गर्ने तालिममा सहभागिहरुले बताएका थिए ।   

तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी बस्नेतले  सिकेको  कुरालाई  आफ्ना संस्थामा लगेर व्यबहारमा उतार्न सके संस्था तथा शेयर सदस्यहरुको जीवनमा ठूलो परिवर्तन आउने  बताए  । संघले समय समयमा फरक विषयमा   फरक प्रकृतिका कार्यक्रमहरु गर्दै सहकारी क्षेत्रलाई टेवा पुर्याइरहेकोमा उनले खुशी व्यक्त गरे । 
कार्यक्रम संघको शिक्षा तथा तालिम व्यवस्थापन उप समिति संयोजक तथा सञ्चालक सदस्य ठाकुरनाथ अधिकारकिो अध्यक्षतामा भएको थियो । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्मा, एन.सि.एस का अध्यक्ष विवेकराज ठकुरी समेत सहभगिात रहेको थियो । तालिम कार्यक्रममा बोल्दै संघका अध्यक्ष दिलिप शर्माले जिल्ला सहकारी संघ लि. ले सहकारी क्षेत्र र त्यसमा कार्यरत कर्मचारहिरुको षमता अभिबृद्धि गर्दै सहकारी विकास, बिस्तार र अभिबृद्धिका लागि समय समयमा महत्वपूर्ण क्षमता विकासका कार्यहरु गर्दै आइरहेको बताए ।  आगामी दिनहरुमा समेत यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने उनले जानकारी दिए  ।