मंगलबार, कार्तिक ११ गते २०८३

 उद्यमशिलता विकासमा विन्धवासिनी सहकारी, सदस्यको आय आर्जनमा टेवा पुर्‍याउने लक्ष्य

जेठ १५, २०८० सोमबार
 उद्यमशिलता विकासमा विन्धवासिनी सहकारी, सदस्यको  आय आर्जनमा  टेवा पुर्‍याउने लक्ष्य


विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुमा उद्यमशिलता विकास गरी आयआर्जनमा टेवा पुर्याउने भएको छ । संस्थामा आवद्ध  सदस्यहरुमा सिप विकास  गरी उनीहरुको जिवनस्तरमा सहयोग गर्न संस्थाले विभिन्न तालिमको आयोजना गरेको छ ।  

संस्थामा आवद्व सदस्यहरुको आयस्तर तथा क्षमता अभिवृद्वि गर्ने उदेश्यका साथ २ दिने उद्यमशिलता तथा सीप बिकास तालिम अन्तरगत आलुको चिप्स बनाउने  तालिम दिएको छ ।  संस्थाका उपाध्यक्ष एवं शिक्षा तथा तालिम उपसमितिका संयोजक  रामहरि शर्मा तिमल्सिनाको सभापतित्व एवं संस्थाका अध्यक्ष  शान्तकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा संस्थाको कर्पोरेट कार्यालयको हलमा तालिम सम्पन्न भएको छ ।

350509162_243770048343965_4137739174326805003_n.jpg

कार्यक्रमको सहजिकरण संस्थाका उपाध्यक्ष रामहरी तिमल्सिनाले, संचालक समितिका सदस्य प्रकाश वहादुर कायस्थ लगायत प्रशिक्षक तथा व्यवसायी ईच्छाराम दाहाल ले गरेका थिए । संस्थाले  यस अघि पनि सदस्यहरुमा क्षमता  अभिवृद्धि तथा आयस्तरमा टेपा पुर्‍याउने उदेश्यका साथ अचार बनाउने तालिम प्रदान गरेको थियो ।