आइतबार, कार्तिक ९ गते २०८३

सहकारी क्षेत्रलाई व्यवस्थित गर्न विशिष्टिकृत नियामक निकाय गठन गरिने

जेठ १५, २०८० सोमबार
सहकारी क्षेत्रलाई व्यवस्थित  गर्न विशिष्टिकृत नियामक निकाय गठन गरिने

 
बचत तथा ऋणको कारोवार गर्ने सहकारी संस्थाको नियमन तथा सुपरिवेक्षणलाई प्रभावकारी बनाउन विशिष्टिकृत नियमनकारी निकाय सञ्चालनमा ल्याइने भएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक बर्ष २०८०।८१ को बजेट प्रस्तुत गर्दै सहकारीको नियमनको लागि छुट्टै नियमनकारी निकाय गठन गरिने बताएका हुन् । यसबाट सहकारी संस्थामा पारदर्शिता र सुशासन कायम हुने अपेक्षा गरिएकाे उनले बताए ।

भूमिव्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई ७ अर्ब २४ करोड बजेट विनियोजन गरिएको उनले जनाए । 
सहकारीको पूँजीलाई उत्पादनमा लगाउने समेत उनले उल्लेख गरे ।

सहकारी क्षेत्रमा विकृति बढ्दै गएकाले छुट्टै निकाय गठन गरी अनुगमन गर्न माग हुँदै आएको छ । यस अघिको बजेटमा पनि सहकारी क्षेत्रको नियमनको लागि सेकेन्ड टायर इन्स्टिच्युसन गठन गर्ने उल्लेख गरिएको थियो ।