शनिबार, आश्विन १७ गते २०८३

शुरू भयाे बजेट भाषण, अर्थतन्त्रका अप्ठेरा हटाइ आशाकाे सञ्चार गराउँछुः अर्थमन्त्री

जेठ १५, २०८० सोमबार
शुरू भयाे बजेट भाषण, अर्थतन्त्रका अप्ठेरा हटाइ आशाकाे सञ्चार गराउँछुः अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाश शरण महतले बजेट बक्तव्य शुरू गरेका छन् । अपरान्ह ४ बजेर २२ मिनेटबाट सङ्घीय संसद्को संयुक्त बैठकमा उनले बजेट बक्तव्य शुरु गरेका हुन् ।  

बक्तव्यका क्रममा बजेटका प्राथिमकता प्रस्तुत गर्दै  उनले निजी क्षेत्रकाे मनाेबल बढाउने, आम जनताका जनजीविका विषयवस्तुकाे सम्बाेधन गर्ने, डिजिटल र हरित अथर्तन्त्र निर्माणमा अगाडि बढ्ने विषय बजेटमा रहेकाे जनाए । 

त्यसैगरी, उद्यमशीलता विकास गरी स्वदेशमा नै राेजगारी सिर्जना गर्ने, अर्थतन्त्रमा रहेकाे अप्ठेरा हटाइ जनतामा आशाकाे सञ्चार गराउने बुँदा बजेटमा समेटिएकाे उनले जनाए ।