शनिबार, आश्विन १७ गते २०८३

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आज प्रस्तुत हुँदै

जेठ १५, २०८० सोमबार
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आज प्रस्तुत हुँदै

 

सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट आज सार्वजनिक गर्दै छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा अपरान्ह प्रस्तुत गर्न लागेको बजेट करिब १७ खर्बको हुनेछ । राजस्व सङ्कलन न्यून रहेको अवस्थामा सरकारले बजेटमार्फत अनावश्यक खर्च कटौतीलाइ प्राथमिकता दिने जनाएको छ । 

अर्थमन्त्री महतले विभिन्न सार्वजनिक कार्यक्रम मै सरकारलाई स्रोत व्यवस्थापनको दबाब रहेकाले अनावश्यक प्रशासकीय खर्च कटौती गर्नुपर्ने अवस्था रहेको बताउँदै आएका छन्। त्यस्तै बजेटमार्फत सरकारले विकासमा अवरोध पुर्यारइरहेका कतिपय नीतिगत अड्चन समाधानको नीति अख्तियार गर्ने अनुमान गरिएको छ।

सरकारले दिँदै आएका विभिन्न अनुदानमा केही कटौती हुने र सामाजिक सुरक्षा भत्ता वितरणको संरचनामा पनि परिवर्तन तयारी सरकारको रहेको छ । सरकारी कर्मचारीको तलब सुविधा बृद्धि हुने छैन भने महँगी भत्तालाई निरन्तरता दिइने सम्भावना रहेको छ।