मुलुकभर रहेका सहकारी संस्थाहरुले ४ खर्ब ७८ अर्ब ३ करोड बचत संकलन गरी ४ खर्ब २६ अर्ब ३५ करोड ऋण प्रवाह गरेका छन् । आज संघीय संसदमा अर्थमन्त्री डा. प्रकाशशरण महतले पेस गरेको आर्थिक सर्वेक्षणमा यस आर्थिक बर्षको फागुन मसान्तसम्म सहकारी संस्थाको संख्या ३१ हजार ३ सय ७३पुगेको उल्लेख छ । त्यसैगरी सेयर सदस्य संख्या ७३ लाख ८१ हजार २ सय १८ र सेयर पूँजी ९४ अर्ब १५ करोड रुपैयाँ पुगेको उल्लेख छ ।
२०७९ असारसम्म सहकारी क्षेत्रमा ९१ हजार ३ सय प्रत्यक्ष रोजगार रहेकोमा २०७९ फागुनसम्म यस्तो रोजगार ९३ हजार ७ सय ७१ पुगेको छ । सहकारी गतिविधिलाई विश्वसनीय र पारदर्शी तुल्याउन एवम् एकीकृत तथ्याङ्कको लागि विकास गरिएको अनलाइन प्रविधिमा आधारित सहकारी तथा गरिबी सूचना व्यवस्थापन प्रणाली (कोपोमिस )रहेको छ । यसमा २०७९ असारसम्म १० हजार ८ सय ४१ सहकारी संस्था आवद्ध भएका छन् ।
फागुनसम्म ३ हजार २४१ थप भई हालसम्म १४ हजार ८२ सहकारी संस्था यस प्रणालीमा आवद्ध भएका छन् ।