हाम्रो बचत तथा ऋण सहकारी संस्थाले ऋणको ब्याजदर घटाएको छ । संस्थाले भोलीबाट लागू हुनेगरी ०.२५ प्रतिशतदेखि ०. ५ प्रतिशतसम्म ब्याजदर घटाएको हो । यस अघि १६ प्रतिशत ब्याजदरमा ऋण लिदै आएका सदस्यले अब १४.५ देखि १५.७५ प्रतिशत व्याजदरमा ऋण पाउने भएका छन् ।
संस्थाले जेठ १६ गतेदेखि लगानीमा गर्दा उक्त ब्याजदर लागू हुनेगरी घटाएको संस्थाका प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरेले बताए । संस्थाको जेठ ५ गतेसम्मको वित्तिय बिवरण अनुसार १६ करोड ५ लाख ८७ हजार ३०० रुपैयाँ सेयर पूँजी तथा १ अर्व ५ करोड ८१ लाख ७१ हजार ७९५ रुपैयाँ कुल बचत रहेको छ ।
त्यसैगरी संस्थामा १ अर्व २९ करोड ६४ लाख ८५ हजार ४६२ रुपैयाँ ऋण लगानी र ११ करोड २६ लाख ७२ हजार ५३५ रुपैयाँ जगेडा कोषमा रहेको छ । संस्थामा २१ करोड ४ लाख १० हजार २२८ अर्थात २० प्रतिशत रलता रहेको जनाइएको छ । संस्थामा ७ हजार १२ जना मध्ये २ हजार ३६९ जना सदस्यले ऋण लिएर विभिन्न पेशा तथा व्यवसाय गर्दै आएका छन् ।