मंगलबार, कार्तिक ११ गते २०८३

साताव्यापी कार्यक्रमको आयोजना गरी हसना भास्तिपुरले मनायो स्थापना दिवस

जेठ १४, २०८० आइतबार
साताव्यापी कार्यक्रमको आयोजना गरी हसना भास्तिपुरले मनायो स्थापना दिवस

 

हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्थाले विविध कार्यक्रमको आयोजना गरी १४ औं स्थापना दिवस मनाएको छ । संस्थाले साताव्यापी रुपमा ती कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो ।  

बार्षिकोत्सवको अवसरमा संस्थाले ५ देखि १० बर्षका बाल बचतकर्ताहरुको लागि चम्चा दौड, ११ देखि १५ बर्षका  बाल सदस्यका लागि म्युजिकल चेयर र सदस्यहरुको  लागि मुख्य कार्यालय सहित सबै केन्द्रहरुमा ४ दिन निः शुल्क सुगर तथा जनरल जाँच कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो । डिनोभो ड्रग प्रा. लि. को सहकार्यमा आयोजना गरिएको स्वास्थ्य शिविरमा निःशुल्क रगत तथा जनरल डाक्टरी जाँचका साथै औषधी समेत वितरण गरिएको संस्थाले जनाएको छ । 

hasana vastipur 1.jpg

संस्थाका अध्यक्ष नारायण कृष्ण मर्हजनको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमको प्रमुख आतिथिमा चन्द्रागिरि नगरपालिकाका वडा न. १२ का अध्यक्ष न्हुन्छे बहादुर मर्हजन रहेका थिए । त्यसैगरी कार्यक्रमको  अतिथिहरमा कास्कुनका अध्यक्ष दिपक पनेरु, काठमाडौं जिल्ला बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष मनोज थापा, चन्द्रागिरि नगरपालिका सहकारी शाखा प्रमुख राज कुमार खड्का, खुसी खुसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बटुकृष्ण थापा लगायत रहेका थिए ।  

६ हजार ९ सय सदस्य आवद्ध रहेको संस्थाको शेयर पुँजी ८ करोड , बचत १ अर्ब ३० करोड, ऋण लगानी १ अर्ब २८ करोड, जगेडा कोष ४ करोड  गरी कुल कारोवार १ अर्ब ६५ करोड पुगेको छ ।  अर्थतन्त्रमा आएको  संकटको बेलामा पनि संस्थाले सदस्यहरुको मन जित्दै प्रभावकारी रुपमा वित्तीय कारोवार गर्दै आएको छ ।

hasana vastipur.jpg