सरकारले ट्रेजरी बिल्समार्फत २९ अर्ब १३ करोड रूपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । राष्ट्र बैंकका अनुसार २९ अर्ब १३ करोड रूपैयाँमध्ये ४ अर्ब रूपैयाँ नयाँ ट्रेजरी बिल्स जारी गरिन लागेको हो ।
राष्ट्र बैंकले २८ , ९१, १८२ र ३६४ दिने ट्रेजरी बिल्स जारी गर्न लागेको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले अनलाइन माध्यमबाट बोलकबोल गर्न सक्नेछन् । यसका लागि राष्ट्र बैंकले आइतबार दिउँसो ३ बजेसम्म बोलकबोल गरिसक्नुपर्ने जनाएको छ ।
राष्ट्र बैंकले २८ दिनको लागि ४ अर्ब, ९१ दिनको लागि ७ अर्ब १८२ दिनको लागि ६ अर्ब ३६४ दिनको लागि १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।