मंगलबार, कार्तिक ११ गते २०८३

सदस्यको बचत हिनामिना गरेको आरोप  लागेका एमालेका प्रदेश कमिटी सदस्य नेपाली निलम्बित

जेठ ११, २०८० बिहीबार
सदस्यको बचत हिनामिना गरेको आरोप  लागेका  एमालेका प्रदेश  कमिटी सदस्य नेपाली निलम्बित


 बागलुङको इमेज वचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई नेकपा एमालेले निलम्बन गरेको छ । एमालेको गण्डकी प्रदेश कमिटीका सदस्यसमेत रहेका नेपाली ढोरपाटन नगरपालिकाका मेयर समेत हुन् । एमालेका प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले   एक विज्ञप्ति जारी गरी वचतकर्ताको करोडौ  रकम हिनामिना गरेको आरोप लागेकाले नेपालीलाई यो घटनाको निरुपण नहुँदासम्म निलम्बन गरिएको  जनाएका छन् । त्यस्तै छानबिनमा सहयोग पु¥याउन पनि नेपालीलाई एमालेले आग्रह गरेको छ ।

‘‘यस घटनामा आरोपित सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपाली र अन्य सबै सञ्चालकहरुलाई वचतकर्ताको सम्पूर्ण रकम शीघ्र फिर्ता गर्न तथा सरकारी निकायबाट अगाडि बढाइएका छानबिनको प्रक्रियामा सहयोग पु¥याउन हाम्रो पार्टी संवद्ध सबैलाई आग्रह गर्दछ’   विज्ञप्तिमा भनिएको छ । उनीसहित  सहकारीका पदाधिकारी वचतकर्ताको रकम फिर्ता नगरेर हाल फरार रहेका छन् ।

गृह मन्त्रालयले संस्थापक अध्यक्ष नेपाली, कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, सञ्चालक चित्रबहादुर भण्डारी, सदस्य रुपा विक र अर्का सदस्य झगबहादुर शाहीको यात्रा अनुमति रद्द समेत गरेको छ ।