शनिबार, आश्विन १७ गते २०८३

कर्जा पुनर्तालिकीकरण गर्न असार मसान्तको समयसीमा, राष्ट्र बैंकले भन्यो कुनै गुनासो भए इकाईमा आउनुस्

जेठ ९, २०८० मंगलबार
कर्जा पुनर्तालिकीकरण गर्न असार मसान्तको समयसीमा, राष्ट्र बैंकले भन्यो कुनै गुनासो भए इकाईमा आउनुस्

 

नेपाल राष्ट्र बैंकले होटल रेष्टुरेन्ट, पशुपन्छीपालन, निर्माण क्षेत्रसँग सम्बन्धित वा ५ करोडसम्मको कर्जा लिएका ऋणीहरुको कर्जा पुनर्संरचना/पुनर्तालिकिकरण गर्न असार मसान्तसम्मको समयसीमा पुन स्पष्ट पारेको छ । 

राष्ट्र बैंकले एक वित्तीय चेतनाका लागि जारी गरेको सूचनामा चैत्र मसान्तसम्म सक्रिय वर्गमा रहेको ऋणीहरुलाई उद्योग वा व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी कर्जाको पुनर्संरचना/पुनर्तालिकीकरण गर्न सकिने व्यवस्था गरेको जनाएको हो । 

त्यस्तो सुविधाका लागि ऋणीले भविष्यको व्यवसायिक योजना, अनुमानित नगद प्रवाह, विस्तृति वित्तीय विवरण आदिसहित कर्जा लिएको बैंक वा वित्तीय संस्थासँग अनुरोध गर्न सक्नेछ । 

कर्जा प्रदान गर्ने संस्थाले अनुरोध औचित्यपूर्ण देखेमा ऋणीले तिर्नुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत लिई कर्जा पुनर्तालिककीकरण गर्न सक्नेछन् । 

उक्त विषयमा कुनै द्विविधा भएमा समबन्धित संस्थाको गुनासो सुन्ने अधिकारीसमक्ष गुनासो दर्ता गर्न सकिने र सम्बन्धित संस्थाबाट सुनवाइ नभएमा नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्न सकिने जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता