मंगलबार, कार्तिक ११ गते २०८३

सहकारीका असल अभ्यास फैलाउन पोखरा रोयलले बनायो १०० युवालाइ सहकारी दूत

जेठ ९, २०८० मंगलबार
सहकारीका असल अभ्यास फैलाउन पोखरा रोयलले बनायो १०० युवालाइ सहकारी दूत

 

पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २२औं स्थापना दिवसको अवसर पारेर हन्ड्रेड युथ, सहकारी दूत अभियान शुरू गरेको छ ।  संस्थाले १०० जना युवालाइ सहकारीको दूतको रुपमा तयार गर्दै गोष्ठी सम्पन्न गरेको हो। 

संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङ्गले एक कार्यक्रमका बीच गोष्ठीको उद्घाटन गर्दै युवा देशको कर्णधार र वर्तमानको साझेदार भएकाले युवालाई संस्थाको हरेक गतिविधि र निर्णायक तहमा सहभागी गराउन र सहकार्य गर्न जरुरी भएको उल्लेख गरिन् । संस्थामा आवद्ध १८ देखि ४० उमेर समूहका युवाहरुलाई लक्षित गरि उक्त गोष्ठी गरेको हो । 

गोष्ठीमार्फत युवाहरुलाई सहकारीमा आकर्षण गर्ने, युवाहरुको सीप, क्षमता र अनुभवलाई सहकारी मार्फत समुदायमा रुपान्तरण गर्ने र उनीहलाई स–साना स्टार्टअप सञ्चालन गर्न बीउ पूँजी उपलब्ध गराउन गोष्ठी आयोजना गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङ्गले बताए । हाल संस्थामा १८ देखि ४० वर्ष उमेर समूहका सदस्यहरु ४३ प्रतिशत रहेका छन् । 

युवा गोष्ठीमा युवा र सहकारीको विषयमा संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङ्ग, युवा र सामाजिक दायित्व विषयमा सामाजिक अभियन्ता ढाकामोहन अधिकारी र भविश्य पहिल्याउदै युवाहरु शीर्षकमा संस्थाका युवा सदस्यहरु बैकर सन्तोष शर्मा, कृषि अभियन्ता शिवकुमार आले, डा।विन्दु पनेरु, प्रविधी विज्ञ सञ्जय महासेठ, युवा व्यवसायी निश्चल खरेल र लेक्चरर मीरज ढकालले आ–आफ्नो  सफलताका कथा र पेशा व्यवसायमा भोग्नु परेको समस्या र समाधानका उपायका बारेमा बहसमूलक प्रस्तुति र सहभागी युवाहरुसंग प्रश्नोत्तर शैलीमा अनुभव आदानप्रदान गरेका थिए । 

तीनवटा सत्रमा बाँडिएको गोष्ठीको संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङ्ग, उपाध्यक्ष क्या।चन्द्रप्रसाद गुरुङ्ग र सञ्चालक हरिबहादुर गुरुङ्गले गर्नुभएको थियो । गोष्ठीको अन्तमा ११ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेको सूचना अधिकारी मीलन ढकालले बताए । प्रतिवद्धता पत्रमा सहकारी संस्थामा युवाको प्रतिनिधित्व सुनिश्चित गराउने, युवा सञ्जाललाई सक्रिय बनाउने, युवाको अनुभव र शिपलाई प्रयोगमा ल्याउन सहकारी संघ संस्था र स्थानीय तहको ध्यानाकर्षण गर्ने, सामुदायिक गतिविधीहरुमा युवाको सहभागिता बढाउने, युवा सदस्यहरुको विस्तृत तथ्याङ्क तयार गर्ने, युवाहरुलाई सहकारीको दूतको रुपमा परिचालन गर्ने, संस्थाको साख र कारोबार वृद्धिमा युवा परिचालन गर्ने लगायतका रहेका छन् । युवा गोष्ठीमा कास्की, स्याँङ्गजा, तनहुँ, पर्वत र लमजुङ्गका गरि १०० जना युवा सदस्यहरु र संस्थाका समिति उपसमिति एवं कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

pokhara dut.jpg

गोष्ठीले ११ बुँदे ‘१०० युथ, सहकारी दूत’ प्रतिवद्धता पत्र समेत जारी गरेको छः

१) युवाको गतिविधीलाई नियमित गर्न सहकारीको युवा सञ्जाललाई गतिशील बनाउन प्रतिवद्ध छौं । युवासंग सम्वन्धित विस्तृत वस्तुगत विवरण ९द्यबकभष्लिभ० तयार गर्न यो गोष्ठी प्रतिवद्ध छ ।

२) युवालाई Well Being, जीवन उपयोगी, व्यक्तित्व विकास, क्षमता अभिवृद्धि तथा ससक्तीकरण सम्वन्धी नियमित रुपमा तालिम प्रदान गर्न प्रतिवद्ध छौं ।

३) वर्तमान वित्तीय बजारमा संस्थाको उपस्थितिलाई वित्तीय रुपमा सुरक्षित र नीतिगत रुपमा सुशासित राख्न युवा गोष्ठी ऐक्यवद्धता जाहेर गर्दछ । यूवामैत्री सहकारी क्षेत्र निर्माणका लागि स्थानीय तह, सरोकारवाला निकाय र सहकारी संघ संस्थालाई ध्यानकर्षण गर्दछ ।

४) पोखरा रोयल सहकारीको समुदाय केन्द्रित गतिविधिलाई नतिजामुखी बनाउन युवा शक्तिलाई व्यवस्थापन र परिचालन गर्न प्रतिवद्ध छौं ।

५) पोखरा रोयल सहकारीलाई नेपालको उत्कृष्ट र दिगो सहकारीको रुपमा स्थापित गराउन नियमित रुपमा कारोबार गर्न र एक युवा एक नयाँ सदस्य निर्माण अभियानमा साथ दिने प्रण गर्दछ ।

६) युवाहरुलाई स्टार्टअप व्यवसाय सञ्चालन गर्नका लागि सहकारी संस्था र सम्वन्धित सरकारी निकायहरुमा नीतिगत, पूँजीगत र विषयगत सहयोगको लागि सामुहिक पहलकदमी गर्न गोष्ठी ऐक्यवद्धता जाहेर गर्दछ ।

७) सहकारीका असल अभ्यासहरुलाई समाजका हरेक क्षेत्रमा प्रचार प्रसार गर्न, बैकिङ्ग पहुँच नपुगेको स्थानमा सहकारी मार्फत वित्तीय साक्षरता र प्रविधि साक्षरता प्रदान गर्न प्रतिवद्ध छ ।

८) युवाको ज्ञान, शीप, क्षमता र अनुभवलाई संस्थागत गर्न संस्थाको सञ्चालक समिति र विषयगत समितिहरुमा युवा प्रतिनिधित्व सुनिश्चितताको लागि यो गोष्ठी ध्यानकर्षण गर्दछ ।

९) नेपाल सरकारद्धारा जारी युथ भिजन २०२५ लाई साकार पार्न स्थानीय तथा राष्ट्रिय स्तरको कार्यक्रममा सक्रिय सहभागिता तथा आयोजना गर्न गोष्ठी प्रतिवद्ध छ ।

१०) युवा वर्गको अन्तरदृष्टि र सम्भाव्यताहरु पहिचान गर्दै सहकारी क्षेत्रमा हामी युवाहरुको नेतृत्व र निर्णय प्रकृयामा सहभागि गराउन प्रतिवद्धता व्यक्त गर्दछौं ।

११) हामी युवाहरुको माध्यमबाट बातावरणीय समस्या र जलवायु परिवर्तनको बारेमा चेतना जगाउन र दिगो अभ्यास र जिम्मेवारी पूर्ण उपभोगलाई प्रोत्साहन गर्न प्रतिवद्ध छौं ।