बनेपा÷जिल्ला सहकारी संघ लि. काभ्रेले सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उप समिति सदस्यहरु, सल्लाहाकार र कर्मचारीहरुकाबीच बैशाख मसान्तसम्मको आर्थिक प्रगति सहितको समिक्षा तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
सहकरी अभियान्ता पुर्व नेफ्सकुनका पुर्व अध्यक्ष ऋषीराज घिमिरेले कार्यक्रमको सहजिकरण गरेका थिए । कार्यक्रम जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्माको शभापतीत्वमा भएको थियो । प्रमुख अतिथी घिमिरेले उद्घाटन गरेको उक्त कार्यक्रम संघका निवर्तकान अध्यक्ष विनोद पराजुली तथा सल्लाहाकार टिकाबल्दभ सापकोटाको समेतको उपस्थिती रहेको थियो । संघका अध्यक्ष शर्माले कार्यक्रमको औचित्य तथा उद्देश्य माथी प्रकाश पारेका थिए । संघमा आबद्ध सबैको क्षमता अभिबृद्धि भइृ संघको रणनैतिक योजना मुताबिक काय गर्न सहज हुने विस्वास ब्यक्त गर्दै संघमा स्थापित नीति तथा कायीविधि अनुसार असार मसान्तसम्मको लक्ष्य पुरा गर्न लाग्नुपर्ने उनले बताए ।
कार्यक्रममा प्रशिक्षण दिदैँ घिमिरेले संघको नेतृत्व अरुले देख्दा पन लोभ लाग्ने हुनुपर्ने र सहकारीका बारे सबै बिषयमा पूर्णता सहितको ज्ञान राखेर अगाडि बढ्नुपर्ने बताए । संघको बारेमा प्रस्तुतीकरण गर्दै संघका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार श्रेष्ठले संघको हालसम्मको अवस्थाको बारेमा जानकारी गराए । संघको हालसम्म उल्लेख्य प्रगति भएको जानकारी सहित संघको रणनीतिक योजना सहितका लक्ष्य पुरा गर्नका लागि आगामी दिनहरुमा सबै एकजुट भएर लाग्ने प्रतिबद्धता सहित कार्यक्रम समापन गरिएको थियो ।