काभ्रेका सहकारी संस्थामा क्रमश तरलता वृद्धि हुँदै गएको छ । सदस्य केन्द्रीत र समुदायमा आधारित भएर सञ्चालन भएका सहकारी संस्थामा पर्याप्त तरलता रहेको पाइएको छ ।
पछिल्लो समय सहकारी संस्थाहरुमा तरलतासँगै समग्र वित्तीय सुचकाङ्कहरुमा समेत वृद्धि हुदै गएको जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्माले जानकारी दिए । जिल्लाको सहकारी अभियान राम्रो भए पनि बनेपा नगरपालिकाका केहि सहकारी संस्थामा भने बचत फिर्ताको समस्या आएको उनले बताए । स्थानीय व्यक्तिहरुद्धारा सञ्चालित सहकारी संस्थामा समस्या नभएपनि बाहिरी जिल्लाबाट आएर सहकारी खोलेका र सेवाकेन्द्रमार्फत बचत संकलन गर्ने सहकारीहरु संस्थाहरु भने समस्यामा रहेको उनले जनाए । सहकारीमा समस्या देखिन थालेपछि बनेपा नगरपालिकाले विज्ञ टोली बनाएर अनुगमन गर्न लागेको उनको भनाई छ ।
सहकारी संस्थाले प्रकाशित गरेको वित्तीय विवरणले पनि संस्थाहरुमा तरलता वृद्धि हुँदै गएको देखएको छ । सहकारी विभागले हरेक महिना संस्थाहरुलाई वित्तीय प्रतिवेदन प्रकाशित गर्न निर्देशन दिएको छ । विभागको निर्देशन अनुसार विवरण प्रकाशित गरेका संस्थाको तरलताको अवस्था बलियो देखिएको छ । विवरण प्रकाशित गरेका केहि सहकारी संस्थाको आर्थिक तथ्याङ्क विश्लेषण गर्दा ती संस्थाहरुमा सदस्यको आकर्षण पनि विगतकै जस्तो रहेको पाइएको छ । सदस्यले विश्वास गरेका संस्थाहरुको समग्र अवस्था सन्तोषजनक रहेको सहकारीकर्मीले बताएका छन् ।
बिन्धवासिनी सहकारी संस्थामा १८ प्रतिशत माथि
बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले वित्तीय विवरण प्रकाशित गरेको छ । संस्थाले यस आर्थिक बर्षको बैशाख मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको हो ।
संस्थाले प्रकाशन गरेको वित्तीय विवरण अनुसार बैशाखसम्म १८.२९ प्रतिशत तरलता रकम रहेको छ । त्यसैगरी संस्थाको शेयर पुँजी ४७ करोड ८५ लाख ३८ हजार, साधारण जगेडा कोष ३० करोड ९१ लाख ८७ हजार, विभिन्न कोषहरु १६ करोड ५५ लाख तथा बचत संकलन ३ अर्ब ९ करोड४८ लाख रहेको छ । संस्थाले यस अबधिमा ३ अर्ब ६१ कारेड ९३ लाख ऋण लगानी गरेको छ भने कुल सम्पती ४ अर्ब ५० करोड ४४ लाख रहेको छ ।
संस्थामा ४९ हजार ४१२ हजार सदस्य रहेका छन् । त्यस मध्ये ११ हजार ८८७ जना सदस्यले ऋण लिएर विभिन्न पेशा तथा व्यवसाय गर्दै आएका छन् । सहकारी विभागको निर्देशन अनुसार संस्थाले वित्तीय विवरण प्रकाशित गरेको हो ।
सामुदायिक सहकारीमा १५ प्रतिशत माथि
पनौतिमा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्थामा १५.८२ प्रतिशत तरलता रहेको छ । संस्थाले प्रकाशित गरेको बैशाखसम्मको वित्तीय विवरण अनुसार ४४ करोड ९१ लाख २८ हजार तरलता रकम रहेको छ । त्यसैगरी संस्थाको शेयर पुँजी ४० करोड ३८ लाख ८८ हजार,जगेडा कोष ३२ करोड १ लाख, विभिन्न कोषहरुमा १० करोड ९४ लाख र कूल संस्थागत पुँजी ३३ करोड १३ लाख ३४ रहेको छ ।
संस्थाले त्यस अवधिमा २ अर्ब ८३ करोड ९६ लाख बचत संकलन गरी ३ अर्ब ५३ करोड ८५ लाख ऋण लगानी गरेको छ । संस्थाको कुल सम्पत्ति ४ अर्ब ४३ करोड ५ लाख पुगेको वित्तीय विवरणमा उल्लेख छ । ५० हजार ७५३ सदस्य रहेको संस्थामा ६ हजार ६६८ सदस्यले ऋण लिएर विभिन्न पेशा तथा व्यवसाय गर्दे आएका छन् ।
बुडोल सामुदायिक साकोसमा २७ प्रतिशत माथि
बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थामा २७.५२ प्रतिशत तरलता रहेको छ । संस्थाले प्रकाशित गरेको बैशाख महिनाको वित्तीय विवरण अनुसार ३८ करोड ४२ लाख ८३ हजार तरलता रकम रहेको छ ।
संस्थाको शेयर पुँजी १५ करोड ७० लाख ९१ हजार, जगेडा कोष ११ करोड र संस्थागत पुँजी ११ करोड ७६ लाख २५ हजार रहेको छ । त्यसैगरी अन्य कोषहरुमा ५ करोड ८७ लाख ४७ हजार, बचत संकलन १ अर्ब ३९ करोड ६३ लाख र ऋण लगानी १ अर्ब ३२ करोड ९४ लाख पुगेको संस्थाले प्रकाशित गरेको वित्तीय प्रतिवेदन उल्लेख छ ।
संस्थामा १७ हजार ५९५ सदस्य र ७ हजार २०८ जना कोपिला बाल सदस्य आवद्ध रहेका छन् । संस्थाबाट २ हजार ९८८ जना सदस्यले ऋण लिएर विभिन्न पेशा तथा व्यवसाय गर्दै आएका छन् । संस्थाको कुल सम्पत्ति १ अर्ब ७७ करोड ३८ लाख पुगेको प्रतिवेदनमा उल्लेख छ ।
चण्डेश्वरी सहकारी संस्थामा २० प्रतिशत माथि
चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थामा २०.६६ प्रतिशत तरलता रहेको छ । संस्थाले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैशाखसम्म संस्थमा १९ करोड २३ लाख ४२ हजार तरलता रकम रहेको छ । त्यसैगरी संस्थाको शेयर पुँजी ११ करोड ५ लाख ८० हजार, जगेडा कोष ११ करोड ३९ लाख ८८ हजार र कूल सम्पत्ति १ अर्ब २५ करोड १५ लाख ३९ हजार पुगेको छ ।
संस्थाले गत बैशाखसम्म ९३ करोड ८ लाख १९ हजार बचत संकलन गरी १ अर्ब ९७ लाख ऋण लगानी गरेको छ । संस्थागत पुँजी ११ करोड ६४ लाख १५ हजार रहेको संस्थाको विभिन्न कोषमा ९१ लाख ८२ हजार रहेको छ । ८ हजार ८२८ सदस्य रहेको संस्थाले ८८० जना सदस्यलाई ऋण लगानी गरेको छ ।
आभाष सहकारी संस्थामा २० प्रतिशत माथि
आभाष बचत तथा ऋण सहकारी संस्थामा २०.८७ प्रतिशत तरलता रहेको छ । सहकारी विभागको निर्देशन अनुसार संस्थाले प्रकाशित गरेको बैशाख महिनाको वित्तीय विवरण अनुसार १२ करोड ४६ लाख तरलता रकम रहेको छ । त्यसैगरी संस्थाको शेयर पुँजी ३ करोड ७९ लाख १० हजार, जगेडा कोष १ करोड ९१ लाख ८७ हजार, संस्थागत पुँजी २ करोड ३९ लाख र अन्य कोषहरुमा २ करोड ७० लाख रहेको प्रतिवेदनमा उल्लेख छ ।
त्यस अवधिमा संस्थाको बचत संकलन ५९ करोड ७१ लाख ५४ हजार, ऋण लगानी ६६ करोड ८ लाख ३९ हजार र कुल सम्पत्ति ७० करोड ८९ लाख १३ हजार पुगेको छ । संस्थामा ५ हजार ५०९ सदस्य, ७०२ बाल सदस्य र ४४२ ऋणी सदस्य रहेका छन् ।
लक्ष्मी महिला साकोसमा २५ प्रतिशत तरलता रकम
पनौतिको चौकोटमा रहेको महिला बचत तथा ऋण सहकारी संस्थामा २५.३२ प्रतिशत तरलता रहेको छ । संस्थाले प्रकाशित गरेको बैशाख महिनाको वित्तीय विवरण अनुसार ४ करोड ३१ लाख तरलता रकम रहेको छ ।
त्यसैगरी २ करोड ६५ लाख ७८ हजार शेयर पुँजी रहेको संस्थाको साधारण जगेडा कोषमा १ करोड २६ लाख २८ हजार रकम रहेको छ । संस्थाको कुल संस्थागत पुँजी १ करोड ३४ लाख,बचत १७ करोड २ लाख ५८ हजार र १६ करोड ८२ लाख २८ हजार रहेको प्रतिवेदनमा उल्लेख छ । कुल सम्पत्ति २२ करोड २६ लाख रहेको संस्थामा २ हजार ६११ महिला सदस्य रहेका छन् । जसमध्ये ४०५ जना सदस्यले ऋण लिएका छन् ।
श्री नवदुर्गा सहकारी संस्थनमा १८.५६ प्रतिशत
श्री नवदुर्गा बचत तथा बचत तथा ऋण सहकारी संस्थामा १८. ५६ प्रतिशत तरलता रहेको छ । संस्थाले प्रकाशित गरेको बैशाख महिनाको वित्तीय विवरण अनुसार ११ करोड ७७ लाख ४१ हजार तरलता रकम रहेको जनाएको छ ।
त्यसैगरी संस्थाको शेयर पुँजी ९ करोड ३ लाख ५६ हजार, साधारण जगेडा कोष ३ करोड ५६ लाख २८ हजार, विभिन्न अन्य कोषहरु ३ करोड ९९ लाख ४४ हजार र कुल संस्थागत पुँजी ३ करोड ९४ लाख ६६ हजार रहेको वित्तीय प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले त्यस अवधिमा ६२ करोड १ लाख बचत संकलन गरी ६८ करोड २२ लाख ऋण लगानी गरेको छ । ८३ करोड १९ लाख ८१ हजार कुल सम्पत्ति रहेको संस्थामा ८ हजार ६७२ सदस्य रहेका छन् । संस्थाबाट ऋण् लिएर व्यापार व्यवसाय गर्ने सदस्यको संख्या २ हजार २९० जना रहेको छ ।
उद्यम विकासमा २१ प्रतिशत तरलता
उद्यम विकास बचत तथा ऋण सहकारी संस्थामा २१ प्रतिशत तरलता रहेको छ । संस्थाले प्रकाशित गरेको बैशाख महिनाको वित्तीय विवरण अनुसार संस्थामा ११ करोड ८१ लाख तरलता रकम रहेको छ ।
संस्थाको शेयर पुँजी ४ करोड ३० लाख ८२ हजार,जगेडा कोष २ करोड २४ लाख ३४ हजार, विभिन्न कोषहरु १ करोड ६७ लाख ६२ हजार र ५४ करोड ५७ लाख ४९ हजार बचत रहेको प्रतिवेदनमा उल्लेख छ । संस्थाले ४२ करोड ८७ लाख ७१ हजार ऋण लगानी गरेको छ । ५५ करोड ७ लाख कुल सम्पति रहेको संस्थामा ४ हजार ४७६ सदस्य रहेको संस्थामा १ हजार ४८९ सदस्यले ऋण लिएका छन् ।
पानस सहकारीमा २९ प्रतिशत माथि
बनेपामा रहेको पानस बचत तथा ऋण सहकारी संस्थामा २९.२१ प्रतिशत तरलता रहेको छ । संस्थाले प्रकाशित गरेको बैशाख महिनाको वित्तीय विवरण अनुसार उक्त संस्थाको तरलता रकम २ करोड ७२ लाख ५४ हजार रहेको छ ।
संस्थामा १ करोड ३९ लाख ८४ हजार शेयर पुँजी, २५ लाख ६४ हजार जगेडा कोष र १३ लाख ६९ लाख विभिन्न कोषहरुम रहेको छ । कुल संस्थागत पुँजी २७ लाख ७४ हजार रहेको उक्त संस्थामा ९ करोड ३३ लाख बचत संकलन गरि ८ करोड १९ लाख ऋण लगानी गरेको छ । ११ करोड ७६ लाख कुल सम्पत्ति रहेको संस्थामा २ हजार ६७२ जना सदस्य रहे.का छन् । संस्थाले १९९ जना सदस्यलाई ऋण लगानी गरेको वित्तीय विवरणमा उल्लेख छ ।