मंगलबार, कार्तिक ११ गते २०८३

सरकारको नीति तथा कार्यक्रम प्रस्तुतः सहकारी क्षेत्रको समस्या समाधानमा पहल गर्ने 

जेठ ५, २०८० शुक्रबार
सरकारको नीति तथा कार्यक्रम प्रस्तुतः सहकारी क्षेत्रको  समस्या  समाधानमा पहल गर्ने 


सरकारले सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्ने भएको छ । आज  संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन् । सरकारको आगामी नीति तथा कार्यक्रममा सहकारीमा बचतकर्ताको लगान सुरक्षा गरिने, सहकारीलाई कडाइ साथ नियमन गरिने पनि उल्लेख छ ।

सहकारीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रेरित गरिने पनि राष्ट्रपति पौडेलले घोषणा गरे ।  राष्ट्रपति  पौडेलले सहकारी संघ संस्थाको अनुगमन र नियमन, संस्थागत सुशासन, प्राप्ति तथा एकीकरण, बचत तथा लगानीको सदुपयोग र सुरक्षण गर्न आवश्यक व्यवस्था मिलाइने  उल्लेख गरे ।

सहकारी क्षेत्रको पुनसंरचनासहित बचत तथा ऋण सहकारीलाई उत्पादन तथा श्रम क्षेत्रमा केन्द्रित हुने व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ  ।