नयाँपाटी बचत तथा ऋण सहकारी संस्थाले बैशाखसम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । संस्थाले सहकारी विभागको निर्देशन अनुसार यस आर्थिक बर्षको बैशाख मसान्तसम्मको वित्तीय विवरण प्रकाशन गरेको हो । संस्थाले प्रकाशित गरेको विवरण अनुसार १३ करोड ११ लाख ९२ हजार शेयर पुँजी,१० करोड ३० लाख ९६ हजार जगेडा कोष र ८२ करोड ७४ लाख ९६ हजार कूल बचत पुगेको छ ।
त्यसैगरी संस्थाले ८७ करोड ४० लाख ५२ हजार ऋण लगानी गरेको छ भने विभिन्न कोषमा ११ करोड ५३ लाख ५१ हजार रहेको छ । ११ हजार ४८० सदस्य आवद्ध रहेको संस्थाले २ हजार १४६ जना सदस्यलाई ऋण लगानी गरेको छ । संस्थामा १८.६६ प्रतिशत अर्थात १५ करोड ४३ लाख ७० हजार तरलता रकम रहेको छ । यस अवधिमा संस्थाको कूल सम्पति १ अर्ब १७ करोड २० लाख ४८ हजार रुपैया पुगेको छ ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको नयाँपाटी मा मुख्य कार्यालय रहेको उक्त संस्था स्थापनाको २५ बर्षमा प्रवेश गरेको छ । सदस्य र समुदाय केन्द्रीत भएर सञ्चालन हुदैँ आएको उक्त संस्थामा पर्याप्त तरलता रहेको छ । संस्थागत सुशासनलाई आत्मसात गर्दै पारदर्शी रुपमा चलेको उक्त संस्थाले त्यस भेगमा छुट्टै पहिचान बनाउन सफल भएको छ । ‘सर्वसुलभ प्रविधियुक्त गुणस्तरीय सेवाहरु र क्षमता विकास कार्यक्रममार्फत् सदस्यहरुको आर्थिक ,सामाजिक तथा सांस्कृतिक उत्थान गने’ संस्थाको ध्येय रहेको छ ।