मंगलबार, कार्तिक ११ गते २०८३

बिन्धवासिनी सहकारी संस्थामा १८ प्रतिशत माथी तरलता 

जेठ २, २०८० मंगलबार
बिन्धवासिनी सहकारी संस्थामा १८ प्रतिशत माथी तरलता 


बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले वित्तीय विवरण प्रकाशित गरेको छ । संस्थाले यस आर्थिक बर्षको बैशाख मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको हो ।

संस्थाले प्रकाशन गरेको वित्तीय विवरण अनुसार बैशाखसम्म १८. २९ प्रतिशत तरलता रकम रहेको छ । त्यसैगरी संस्थाको शेयर पुँजी ४७ करोड ८५ लाख ३८ हजार, साधारण जगेडा कोष ३० करोड ९१ लाख ८७ हजार, विभिन्न कोषहरु १६ करोड ५५ लाख तथा बचत संकलन ३ अर्ब ९ करोड४८ लाख रहेको छ । संस्थाले यस अबधिमा ३ अर्ब ६१ कारेड ९३ लाख ऋण लगानी गरेको छ भने  कुल सम्पती ४ अर्ब ५० करोड ४४ लाख रहेको छ ।

संस्थामा ४९ हजार ४१२ हजार सदस्य रहेका छन्  । त्यस मध्ये ११ हजार ८८७ जना सदस्यले  ऋण लिएर विभिन्न पेशा तथा व्यवसाय  गर्दै आएका  छन् । सहकारी विभागको निर्देशन अनुसार संस्थाले वित्तीय विवरण प्रकाशित गरेको हो ।