मंगलबार, कार्तिक ११ गते २०८३

भक्तपुर बचत संघको अयोजनामा भाका नाघेको ऋण असुली व्यवस्थापन तालिम 

जेठ १, २०८० सोमबार
भक्तपुर बचत संघको अयोजनामा भाका नाघेको ऋण असुली व्यवस्थापन तालिम 


भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले . भक्तपुर नगर सहकारी समन्वय उपसमितिको आयोजनामा एक दिने भाका नाघेको ऋण असुली व्यवस्थापन तालिम सम्पन्न गरेको छ  ।तालिमको समापन कार्यक्रममा संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले भाका नाघेको ऋण असुली व्यवस्थापन तालिम विषयगत तालिम भएकोले सहभागीता उत्साहजनक रहेको बताए । तालिममा ऋण असुली सम्बन्धी असल अभ्यासको आदान प्रदानले संस्थाको भाका नाघेको ऋण असुलीमा टेवा पुग्ने बताए ।  े नियम विपरीत संचालन भएका सहकारी संस्थाले आफुखुशी रकम चलाउनाले सहकारीमा हालको तरलता संकट आएको भन्दै उनले  अहिलेको समस्या समाधान गर्न सहकारी बचाउ अभियानको पछि नलागि राष्ट्रिय सहकारी महासंघले आफ्नै संघ संस्थालाई एकजुट गरी अघि बढ्नुपर्ने   उल्लेख्य गरे ।  
संघका सचिव एवम् भक्तपुर नगर सहकारी समन्वय उपसमितिका संयोजक जगनाथ प्रजापतिको सभापतित्वमा  सम्पन्न सो तालिममा उहाँले तालिमबाट सिकेका कुराहरुको व्यवहारमा उपयोग गर्नुपर्ने विचार व्यक्त गरे । उपसमितिका सदस्य राजन जतीले तालिममा सहभागिहरुलाई स्वागत गर्दै संस्थामा रहेको भाका नाघेका ऋणको असुली व्यवस्थापन गर्ने उद्देश्यले तालिम संचालन गरेको  बताए । तलिममा कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक कुमारी खत्रीले सहजीकरण गरेका थिए । तालिममा सहभागी भएर मात्र तालिम प्रभावकारीता नहुने, तालिममा सिकेका कुराहरु आफ्नो कार्यक्षेत्रमा कार्यान्वयन गर्नुपन र  तालिमको सिकाइले व्यवहार परिवर्तन हुने र बसेर सेवा होइन चलायमान सेवा दिनुपर्नेमा जोड दिए ।

संघका व्यवस्थापक बालकृष्ण धोजु हाल आर्थिक मन्दिका कारण ऋणको सावाँ व्याज उठाउन सकस भइरहेको अवस्थामा ऋण असुली सम्बन्धी तालिम महत्वपूर्ण रहेको  बताए । सहभागि जनता बचत तथा ऋण सहकारी संस्थाका ऋण उपसमिति संयोजक दिनेश प्रजापतिले तालिम प्रश्नोउत्तर शैलीमा भएकोले प्रभावकारी रहेको जानकारी दिए । उपसमितिका सदस्य अनिलकुमार सुवालले संचालन गरेको उक्त तालिममा सदस्य संस्थाबाट ५८ जनाको सहभागिता रह्यो ।