शनिबार, आश्विन १७ गते २०८३

अफगानिस्तानबाट सबै नेपालीलाई सुरक्षित नेपाल फर्काउ, बिदेशी हस्तक्षेपका बिरूध्द सचेत रहु -नेपाल कम्युनिष्ट पार्टी

भाद्र १, २०७८ मंगलबार
अफगानिस्तानबाट सबै नेपालीलाई सुरक्षित नेपाल फर्काउ, बिदेशी हस्तक्षेपका बिरूध्द सचेत रहु -नेपाल कम्युनिष्ट पार्टी

 

नेपाल कम्युनिष्ट पार्टीले एक बक्तब्य निकाल्दै अफगानिस्तानमा रहेका सबै नेपालीहरुलाई सुरक्षित राख्न र नेपाल फिर्ता ल्याउन सरकारले युद्ध स्तरमा तत्कालै पहल गरोस भन्ने जोडदार माग गरेको छ । आज प्रकाशित बक्तब्यमा त्यहाँ रहेका नेपालीलाई पनि  सचेत रहन, घर परिवार तथा नेपाल सरकारको सम्पर्क कायम गरिरहन र नेपाल फर्कन तयारीको स्थतिमा रहन पनि आह्वान गरेको छ । पार्टीका संयोजक ऋषि कट्टेलद्वारा प्रकाशित बक्तब्यमा बिदेशी शक्तिका भरमा चल्दादेश र जनता कसरी बर्बादीको शिकार हुँदा रहेछन् भन्ने कुरा अफगानिस्तानले शिक्षा दिएको र नेपालमा यस्तो परिस्थिति आउन नदिन सचेत  र संघर्षशील रहन पनि आह्वान गरिएको छ । बक्तब्यको पूर्ण पाठ यस प्रकार छ :

cpnpressstatement (1).docx :To download file click here

प्रेस बक्तब्य

 १.लामो समयदेखिको बाह्य हस्तक्षेप र जनता बीचको परस्पर द्वन्द्वले अफगानिस्तानमा उत्पन्न असुरक्षा, आशंक र अनिश्चिताको स्थितिमा त्यहाँ रोजगारीका लागि गएका नेपालीहरु यतिबेला अत्यन्तै असुरक्षा, अन्यौल र अप्ठ्यारोमा परेकाछन् । अफगानिस्ताको बिभिन्न क्षेत्रमा काम गर्ने नेपालीलाई सुरक्षित राख्न र स्वदेश फिर्ता ल्याउन नेपाल सरकारले युद्ध स्तरमा सबै उपाय र गम्भीर पहल गरोस भन्ने जोडदार माग नेपाल कम्युनिष्ट पार्टी गर्दछ ।

 २.अफगानिस्तानमा रहेका सम्पूर्ण नेपालीहरुलाई असुरक्षा र त्रासको स्थितिमा रहेका नेपाली दाजु भाइ दिदी बहिनीहरुप्रति सहानुभूति प्रकट गर्दछ र  सकेसम्म सुरक्षित रहन, नेपालमा रहेका आफन्तहरु र नेपाल सरकारसँग सम्भव उपायबाट सम्पर्कमा रहिरहन र सुरक्षित किसिमले जुनसुकै बेला नेपाल फर्कन तयार रहिरहन समेत नेपाल कम्युनिष्ट पार्टी यतिबेला बिशेष आग्रह गर्दछ ।

३. अफगानिस्ताको घटनाले कुनै पनि देशमाथि हुने बाह्य हस्तक्षेप र प्रभूत्वले समस्याको समाधान कदापि हुन सक्तैन भन्ने कुरा प्रष्ट दर्शाएको छ । यस स्थितिबाट उचित शिक्षा लिएर नेपालले कुनै पनि प्रत्यक्ष परोक्ष बाह्य हस्तक्षेपका गतिबिधिलाई निम्त्याउन नहुने, देश तथा जनतालाई त्यसको शिकार बनाउन नहुने यथार्थलाई आत्मसात गर्नु पर्दछ भन्ने कुरामा पनि नेपाल कम्युनिष्ट पार्टी पुनः बिशेष जोड दिन्छ र त्यस्ता गतिबिधिका बिरुद्ध सचेत र संघर्षशील रहिरहन नेपाल कम्युनिष्ट पार्टी सम्पूर्ण जन समुदायमा जोडदार आग्रह पनि गर्दछ ।

ऋषिराम कट्टेल

संयोजक 

नेपाल कम्युष्टि पार्टी

२०७८ भाद्र १