यस त्रिशुली नगर क्षेत्रको केही भागको सम्बन्धित बाढी पिडीतलाई उचित मुआव्जा दिएर भविष्यका पुस्ताका लागि विपद् संग्रहालय (Disaster Museum) तथा जीवित स्मारकका रूपमा संरक्षण गर्ने विषयमा सोचौँ। सम्भव भएसम्म ढुंगे र त्रिशूलीको प्रभावित क्षेत्रको केही प्रतिनिधि भागलाई अहिलेको अवस्थामै संरक्षण गर्नुपर्छ।
गोरखा भूकम्पपछि पनि मैले यस्तै प्रकारको विपद् संग्रहालय बनाउने प्रस्ताव गरेको थिएँ। त्यसबेलाका प्र.म. शुसिल कोईराला लाई नै मैले बालुवाटारको प्रत्यक्ष भेटमा यो कुरा भनेको थिए ! त्यो बैठकमा प्रचन्ड जी संगै बस्नु भएको थियो र मेरो संग्राहलय संम्बन्धित प्रस्तावलाई दुबै जनाले “एकदम राम्रो” भनेर स्विकार पनि गर्नु भएको थियो! तर त्यसबेला हुन सकेन । यसपटक भने यदि हामीले कम्तीमा एउटा प्रतिनिधि क्षेत्रलाई संरक्षण गर्न सक्यौँ भने, यो भविष्यका पुस्ताका लागि अत्यन्त महत्वपूर्ण खुला प्रयोगशाला र विपद सिकाइ केन्द्र बन्न सक्छ। चीन र जापानले संरक्षित गरेर राखेका यस्ता विपद संग्राहलयहरु अहिले लाखौ पर्यटकहरु पनि हेर्न जान्छन!
यसले विपद् कसरी भयो, त्यसको प्रभाव कस्तो थियो र भविष्यमा यस्ता विपद् बाट कसरी जोखिम न्यूनीकरण गर्ने भन्ने कुरा प्रत्यक्ष रूपमा सिकाउनेछ। हामीले विपद्लाई केवल बिर्सने होइन, त्यसबाट सिक्ने स्मारक पनि बनाउनुपर्छ।
प्रा.डा. रञ्जनकुमार दाहाल