सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी गोष्ठी एक दिवसीय गोष्ठी सम्पन्न भएको छ। भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको सहकारी समन्वय उपसमितिको आयोजनामा भएको गोष्ठीमा उद्घाटन मन्तव्य राख्दै संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सम्पत्ति शुद्धिकरण निवारण कडाइका साथ लागु भएको देशमा अर्थतन्त्र सुव्यवस्थित रहेको बताए । आर्थिक कारोबार गर्ने सबै क्षेत्रमा सम्पत्ति शुद्धिकरण निवारण कडाइका साथ लागु पर्ने विचार राख्दै उनले सम्पत्ती शुद्धिकरण निवारणको नाममा सहकारीमा व्यक्तिगत बचत सिमा तोक्न नहुने औंल्याए ।
नेपाल राष्ट्र बैंकका पुर्वनिर्देशक श्याम दाहालले गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दे सहकारी संस्थाले सम्पत्ति शुद्धिकरण निवारण कार्यविधि, कार्यान्वयन अधिकारी तोक्नुपर्ने, सदस्य पहिचान, टीटीआर/एसटीआर प्रतिवेदन गोएमएलमार्फत दिनुपर्ने कानुनी व्यवस्थाको बारेमा प्रष्ट पारे । सम्पत्ति शुद्धिकरण निवारणको विषय पेचिलो बन्दै गएकोले राज्य ग्रे जोनमा पर्न सक्ने खतरालाई दृष्टिगत गरी २२ वटा कानुन संशोधनको लागि संसदमा प्रस्ताव पेश भइरहेको उनले उल्लेख गरे ।
गोष्ठीका सभापति हरि बल्लले सदस्यहरुको बचत सुरक्षाको लागि पनि सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी गोष्ठीको आयोजना गरेको जनाए । ऐन कानुनको अनभिज्ञताका आधारमा दण्ड जरिवानाबाट छुट्कारा नपाइने भएकोले सहकारीमा कानुनी व्यवस्थाहरुहरुको परिपालना कडाइका साथ लागु गर्नुपर्ने उनले जनाए ।
संघका व्यवस्थापक बालकृष्ण धोजुले सम्पत्ति शुद्धिकरण निवारणका व्यवस्थाहरु परिपालनाका समस्या समाधान गर्न गोष्ठीले टेवा पु¥याएको उल्लेख गरे । संघका सहकारी समन्वय उपसमितिका सदस्य जीवन गिरीले गोष्ठीको सञ्चालन गरेका थिए ।
