मंगलबार, कार्तिक ११ गते २०८३

नेचुरल साकोसको १६औं स्थापना दिवस, ‘सदस्यको विश्वासका कारण वित्तीय सुरक्षाको प्रत्याभुति दिन सकियो’

बैशाख २४, २०८० आइतबार
नेचुरल साकोसको १६औं स्थापना दिवस, ‘सदस्यको विश्वासका कारण वित्तीय सुरक्षाको प्रत्याभुति दिन सकियो’


नेचुरल बचत तथा ऋण सहकारी संस्था स्थापनाको १६ औं बर्षमा प्रवेश गरेको छ । संस्थाका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकले समुदायमा केन्द्रित रहेर सदस्यको मनोभावना अनुसार संस्थाले वित्तीय कारोवार गर्दै आएको बताए ।

‘सदस्यको हात, सदस्यलाई साथ’ भन्ने उदेश्यका साथ संस्थाले उनीहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणमा महत्वपुर्ण भुमिका खेल्दै आएको उनले बताएका छन् । पाठकले संस्थाले विभिन्न असहज परिस्थितिका बावजुद पनि संदस्यको उन्नतीलाई सर्वोपरी ठानी वित्तीय तथा अन्य सहयोग गर्दै आएको बताए । विषम परिस्थितिमा पनि वित्तीय सुरक्षाको प्रत्याभुति  सुनिश्चित गर्न सक्नुमा संस्थाप्रति सदस्यहरुले देखाएको विश्वास भएको उनले जनाए । स्वनियम तथा सुशासनयुक्त,समुदायमा आधारित, सदस्य केन्द्रित र मुलुककै एक उत्कृष्ट एंव अग्रणी सहकारी संस्था स्थापित गर्न आफुहरु प्रतिवद्ध भएर लागि परेको सो अवसरमा उनले जनाएका छन् ।

प्रविधि मैत्री सेवाका साथै विभिन्न सामाजिक क्रियाकलाप मार्फत संस्थाले आफ्नो सामाजिक उतरदायित्व वहन गर्दै समुदाय र सदस्यलाई सेवा दिदैँ आएको छ । १६ बर्षको यात्रामा साथ र सहयोग ंदिने शेयर सदस्य, सञ्चालक समिति, लेखा सुपरिवेक्षण तथा विभिन्न समिति ,कर्मचारी,नियमक निकाय र शुभ चिन्नतकप्रति संस्थाले आभार प्रकट गरेको छ ।