मंगलबार, कार्तिक ११ गते २०८३

 भक्तपुर बचत संघद्धारा सहकारी संस्थाहरु पुरस्कृत,यी हुन् पुरस्कृत हुने संस्था

बैशाख २२, २०८० शुक्रबार
 भक्तपुर बचत संघद्धारा सहकारी संस्थाहरु पुरस्कृत,यी हुन् पुरस्कृत हुने संस्था

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले १९ औं स्थापना दिवसके अवसरमा विभिन्न संंघ संस्थालाइ पुरस्कृत गरेको छ । संघले  उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७८ संशोधनको कार्यविधि अनुसार संघमा आबद्ध सदस्य संस्थाहरुबाट जिल्लास्तरीयमा सिमल बचत तथा ऋण सहकारी संस्थालाई पुरस्कृत गरेको छ ।

त्यसैगरी नगरस्तरीयमा भक्तपुर नगरपालिका क्षेत्रमा बाराही बचत तथा ऋण सहकारी संस्था., मध्यपुर थिमि नगरपालिका क्षेत्रमा शंखधर बचत तथा ऋण सहकारी संस्था, सूर्यविनायक नगरपालिका क्षेत्रमा पारिजात बचत तथा ऋण सहकारी संस्था र चाँगुनारायण नगरपालिका क्षेत्रमा छिन्नमस्ता महिला बचत तथा ऋण सहकारी संस्थालाई उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७९ ले पुरस्कृत गरेको छ । 

bkt.jpg

साथै संघले २०७९ चैत्र २० गते ६६ औं सहकारी दिवसको अवसरका आयोजित प्रभातफेरी कार्यक्रममा सहभागी १६० वटा सहकारी संस्थाहरुमध्ये उत्कृष्ट सहभागी भएका आठवटा सहकारी संस्थाहरुलाइ समेत सो अवसरमा पुरस्कृत गरेका थियो । जस अनुसार  भक्तपुर बचत तथा ऋण सहकारी संस्था., शुभकामना बचत तथा ऋण सहकारी संस्था., बालकुमारी बचत तथा ऋण सहकारी संस्था., शुभलाभ बचत तथा ऋण सहकारी संस्था., समाजसुधार बचत तथा ऋण सहकारी संस्था ., बालाखु गणेश बचत तथा ऋण सहकारी संस्था , लोकेश्वर बचत तथा ऋण सहकारी संस्था र  कमलविनायक बचत तथा ऋण सहकारी संस्थालाई उत्कृष्ट सहभागी पुरस्कारबाट सम्मान गरिएको  संघले जनाएको छ  ।