वित्तीय चेतनाका लागि राष्ट्र बैंकले एक सन्देश जारी गर्दै लघुवित्त संस्थाहरुले बचत तथा निक्षेप खाता सञ्चालन गरेबापत कुनै पनि किसिमको शुल्क लिन नपाउने बताएको छ। नेपाल राष्ट्र बैंकले सीमा तोकेको भन्दा बढी कुनै लघुवित्त वित्तीय संस्थाहरुले सेवा शुल्क लिए गुनासो गर्न राष्ट्र बैंकले भनेको छ ।
‘कर्जा प्रवाह गर्दा १.५० प्रतिशतसम्म मात्र सेवा शुल्क लिन पाउँछन्, एक वर्षभन्दा कम अवधिको कर्जा प्रवाह गरेमा वार्षिक
१.५० प्रतिशतमा नबढ्ने गरी कर्जा अवधिको आधारमा दामासाहीले मात्र सेवा शुल्क लिन सक्छन्,’ राष्ट्र बैंकले जारी गरिएको सन्देशमा भनिएको ।
साथै, लघुवित्त वित्तीय संस्थाले अन्य कुनै शुल्क मागेमा वा लिएमा सम्बन्धित संस्थाको गुनासो सुन्ने अधिकारीसमक्ष गुनासो दर्ता गर्नुपर्ने र उक्त संस्थाबाट गुनासो सुनुवाई नभएमा नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्न राष्ट्र बैंकले भनेकाे छ ।