शनिबार, आश्विन १७ गते २०८३

महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

बैशाख १४, २०८० बिहीबार
महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

 

महालक्ष्मी विकास बैंकले जुनकिरी पब्लिक विद्यालय साँखुमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत झोला वितरण गरेको हो ।

बैंकले राउन्ड टेबल नेपालको एक हजार विद्यार्थीहरुका लागि प्रदान गर्न लागिएको छात्रवृत्ति कार्यक्रमसँग सहकार्य गर्दै उक्त सहयोग गरेको हो ।

बालबालिकालाई शिक्षाको अवसर सँगसँगै अध्यापनका लागि आवश्यक शैक्षिक सामाग्रीहरु मध्ये झोलाको सुविधा पुर्याउने उदेश्यले बैंकले उक्त सहयोग गरेको जनाएको छ ।

राउन्ड टेबल नेपालले विगत ३३ वर्षदेखि शिक्षाको पँहुचबाट पिछडिएका करिब दुई लाख बालबालिकाहरुको लागि नेपालभर ५८ विद्यालय स्थापना गरी शिक्षा प्रदान गरिरहेको छ ।