ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले सामाजिक सञ्जाल माफर्त संघ र संघका अध्यक्ष रामहरि बजगाइँप्रति जोडिएर आएको प्रचार प्रसार सामग्रीको खण्डन गरेको छ। संघले आज एक विज्ञप्ती जारी गर्दै एउटा इतिहास बोकेको सहकारी संघ लगायत सम्पूर्ण सहकारी क्षेत्रमा नै ठूलो आँच आउने गरी केही दिन अगाडी सामाजिक सञ्जाल मार्फत केशव दाहालको फेसबुक पेजमा संघको नाम समेत जोडी संघ र संघका अध्यक्षलाई समेत कपोकल्पित, भ्रामक र झुठा कुराहरु समेत लेखी उक्त नोट सामाजिक सञ्जालबाट प्रचार–प्रसार गरेको हुँदा सो कार्यप्रति संघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
सहकारी सदस्य र संघको सम्वृद्धी, विकास र सहकारी क्षेत्रप्रति नै बाधा पुग्ने दुरासयपूर्ण र अपराधिक घटना, क्रियाकलाप सचेत विवेकशिल सामाजिक प्राणीबाट हुनै नसक्ने भएकोले यस प्रकारका क्रियाकलापप्रति खेद एवं दुःख व्यक्त गर्दै यस्ता क्रियाकलाप गर्ने व्यक्तिलाई सम्बन्धित निकाय मार्पmत कारवाहीका लागि समेत संघले जोडदार माग गरेको छ । संघमा सदस्य संस्था र संघको सम्बृद्धिलाई यस प्रकारका गलत कार्यले कुनै पनि हालतमा रोक्न नसक्ने र यस्ता सहकारी विरोधी क्रियाकलापहरुलाई समग्र सहकारीकर्मी, सहकारी अभियान र राज्यले तह लगाउनेमा यस संघ पूर्ण विश्वस्त रहेको जनाएको छ ।
यस्ता झुठा, निच, गलत हर्कतले संघको सम्बृद्धि रोक्न नसक्ने र सहकारी अभियान निरन्तर अगाडि बढाउने संकल्पका साथ सम्पूर्ण सदस्य सहकारी सस्ंथाहरुको सदैव साथ, सहयोग, सल्लाह सुझाव रहने अपेक्षा व्यक्त गर्दै सोका लागि हार्दिक अपिल समेत गरेको छ । संघल सदस्य संस्थाहरुको हितका निम्ति निःशुल्क, सःशुल्क तालिम लगायत सहकारी क्षेत्रको विकास प्रवद्र्धन, सम्बद्र्धन र सहकारी मैत्री नीति निर्माणका सन्दर्भमा राज्यसँग पैरवी र पहलकदमी गर्दै अएको छ । सदस्य संस्थाहरुलाई विभिन्न कार्यहरुमा समेत वहस पैरवी गरी सहयोग गर्दै आइरहेको र संघको सम्पूर्ण आर्थिक कारोबारहरु समेत त्रैमासिक रुपमा राष्ट्रिय पत्रिकामा सार्वजनिक समेत गर्दै आइरहेको जनाएको छ। मुलुककै विषयगत सहकारी संघ मध्य पहिलो संघका रुपमा स्थापित यस संघ विभिन्न पुरस्कारबाट समेत सम्मानित भएको छ ।
