आभाष बचत तथा ऋण सहकारी संस्थाले एक दिने निःशुल्क आँखा शिविर आयोजना गरेको छ । रेयुकाई एइको मासुनागा आँखा अस्पतालको प्राविधिक सहयोगमा भकुण्डेवेँशीमा भएको कार्यक्रममा सो क्षेत्रका १ सय ७१ जना लाभान्वित भएका छन्।
संस्थाको भकुण्डेवेंशी सेवा केन्द्र अन्तर्गत आयोजित उक्त शिविरमा २१ जनामा मोतियाविन्दुको पहिचान गरिएको सहकारीका प्रमुख व्यवस्थापक सुवास बैद्यले जानकारी दिए।
सहकारीले उक्त सेवा केन्द्र अन्तर्गत सहकारीमा आवद्ध जेष्ठ सदस्यलाई सम्मान समेत गरेको छ । संस्थामा आवद्ध ७५ बर्ष भन्दामाथि उमेर भएका ११ जना सदस्यलाई सम्मान गरिएको थियो ।
नमोबुद्ध नगर प्रमुख कुनसाङ लामाले आँखा शिविरको उद्धघाटन गरेका थिए । उनले जेष्ठ सदस्य सम्मान र सामाजिक उत्तरदायित्वको काम गरेकोमा सहकारीप्रति आभार प्रकट गरे ।
कार्यक्रममा नगर प्रवक्ता टिकाबहादुर केसी, वडा नं ७ का अध्यक्ष धर्म सिं लामा, मेथिनकोट अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद खनाल, नमोबुद्ध वडा नं ४ का पूर्व अध्यक्ष उद्धव काफ्ले, सहकारी संस्थाका अध्यक्ष दिनेशराज कायस्थ, भकुण्डेवेशी सेवाकेन्द्र प्रमुख रामहरी आचार्य लगायतको उपस्थिति थियो ।