मंगलबार, कार्तिक ११ गते २०८३

एकीकृत फ्रेण्डसीपकाे कुल वासलात १ अर्ब १९ कराेडमाथि

बैशाख ११, २०८० सोमबार
एकीकृत फ्रेण्डसीपकाे कुल वासलात १ अर्ब १९ कराेडमाथि

दोलखाको जिरीमा रहेको एकीकृत फ्रेण्डसीप बचत तथा ऋण सहकारी संस्थाले चैत्र मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । 

संस्थाले प्रकाशित गरेको वित्तीय विवरण अनुसार शेयरपुँजी १० करोड ६२ लाख ७५ हजार, जगेडा कोष ६ करोड १२ लाख र अन्य कोषहरू १ करोड ८७ लाख ३९ हजार पुगेको छ । 

त्यसैगरी संस्थामा ९८ करोड ७८ लाख ४२ हजार बचत संकलन भइ ८७ करोड २३ लाख ८९ हजार ऋण लगानीमा रहेको छ । संस्थामा १७।९७ अर्थात् १७ करोड ७५ लाख ६१ हजार तरलता रकम रहेको छ । 

यस अवधिमा संस्थाको कुल सम्पत्ति १ अर्ब १९ करोड ५६ लाख ८७ हजार पुगेको छ । संस्थामा ७ हजार ३८२ पुरूष, ७ हजार १७२ महिला र १०७ संस्थागत सदस्य गरी १४ हजार ६६१ सदस्य रहेका छन् । त्यसैगरी ४ हजार ४७२ जना बाल सदस्य संस्थामा आवद्ध छन् । संस्थाबाट २ हजार ३५५ जना सदस्यले विभिन्न प्रयोजनका लागि ऋण लिएका छन् । 

संस्थाले मुख्य कार्यालय सहित १६ वटा सेवा केन्द्रबाट सदस्यहरूलाइ वित्तीय सेवा प्रवाह गर्दै आएको छ । संस्थाको ४ वटा जिल्लाभर कार्यक्षेत्र रहेको छ । 

ekikrit friendship.jpg