शनिबार, आश्विन १७ गते २०८३

आन्तिरक ऋण उठाउँदै सरकार, २० अर्बको नयाँ ट्रेजरी बील जारी 

बैशाख ११, २०८० सोमबार
आन्तिरक ऋण उठाउँदै सरकार, २० अर्बको नयाँ ट्रेजरी बील जारी 

 

नेपाल सरकारले सोमबार ट्रेजरी बिल मार्फत २० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार कुल २८ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

राष्ट्र ऋण बोलकबोल तालिका अनुसार २० अर्ब नयाँ ऋण परिचालन हुनेछ भने ८ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । २८ दिन र ९१ दिन अवधिको ट्रेजरी बिल बोलकबोल मार्फत ५–५ अर्ब गरी १० अर्ब, १८२ दिन अवधिको ट्रेजरी बिल मार्फत ६ अर्ब र ३६४ दिन अवधिको ट्रेजरी बिल मार्फत ४ अर्ब गरी २० अर्ब आन्तरीक ऋण परिचालन गर्न लागिएको हो।

यस्तै २८ दिन अवधिको ५ अर्बको ट्रेजरी बिल र ९१ दिन अवधिको ट्रेजरी बिल मार्फत ३ अर्ब ६० करोडको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल हुन लागेको हो । ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।