आइतबार, कार्तिक ९ गते २०८३

आभाष साकाेसमा तरलता २० प्रतिशत माथि

बैशाख १०, २०८० आइतबार
आभाष  साकाेसमा तरलता २० प्रतिशत माथि

आभाष बचत तथा ऋण सहकारी संस्थाले चैत्र मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार संस्थामा २०.३९ प्रतिशत अर्थात १२ करोड १२ लाख ४४ हजार रूपैया तरलता रकम रहेको छ । 

संस्थाको शेयरपुँजी ३ करोड ७८ लाख २४ हजार, जगेडा कोष १ करोड ९१ लाख ८७ हजार, कुल संस्थागत पुँजी २ करोड ३९ लाख ५ हजार, अन्य कोषमा २ करोड ७० लाख र कुल बचत ६९ करोड ४४ लाख ९० हजार रहेको छ । संस्थाले ५६ करोड १५ लाख ४० हजार ऋण लगानी गरेको जनाएको छ । संस्थामा ५ हजार ५ सय ७ जना शेयर सदस्य, ६९५ बाल बचतकर्ता र ४४६ जना ऋणी सदस्य रहेका छन् । 

ज्येष्ठ सदस्य सम्मानित

aabhas jestha sadasya.jpg

त्यसैगरी संस्थाले जेष्ठ सदस्यलाई सम्मान गरेको छ । संस्थामा आवद्ध ७५ बर्ष भन्दामाथि उमेर भएका १ सय ६१ जना सदस्यलाई सम्मान गरिएको अध्यक्ष दिनेशराज कायष्ठले जानकारी दिए ।

बनेपा नगर प्रमुख शान्तिरत्न शाक्य र संस्थाका प्रमुख सल्लाहकार सुरकृष्ण बैद्यले उनीहरुलाई दोसल्ला, सम्मानपत्र र खाद्यपदार्थ प्रदान गरी सम्मान गरे । कार्यक्रममा हालै सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभाबाट उपाध्यक्ष ९जिल्ला र नगर० पदमा निर्वाचित संस्थाका प्रमुख सल्लाहकार सुरकृष्ण वैद्यलाई सम्मान गरिएको थियो ।

सामाजिक उत्तरदायित्वको कार्य गर्दै आएको संस्थाले शिर मेमोरियल अस्पताल बनेपामा छोरी जन्म दिने २ जनालाई बैशाख १ गते र स्थापना दिवसको दिन प्रोत्साहन स्वरुप १० हजार रुपैयाँ सहयोग समेत गर्दै आएको प्रमुख व्यवस्थापक सुवास वैद्यले जानकारी दिए ।