शनिबार, आश्विन १७ गते २०८३

दुर्व्यसनविरुद्ध क्रियाशील संस्थालाई हिमालयन बैंकको ५ लाख सहयोग

बैशाख १०, २०८० आइतबार
दुर्व्यसनविरुद्ध क्रियाशील संस्थालाई हिमालयन बैंकको ५ लाख सहयोग

हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हाडिगाउँ, ललितपुर स्थित दुव्यर्सनरहित समाज नेपाल (उपचार केन्द्र) लाई बहुद्देश्यीय हल निर्माणका लागि रुपैयाँ पाँच लाखको आर्थिक सहयोग प्रदान गरेको छ ।

देशका युवाहरु रक्सी तथा विभिन्न लागू पदार्थको कुलतमा फसेको र कुलतले उनीहरुलाई विभिन्न अपराधहरुमा संलग्न हुने गरेका छन् । ती समस्यालाई समाजबाट हटाउन उक्त संस्थाले स्थापनाकाल देखि नै रक्सी तथा लागू पदार्थ सेवन गर्दै आएका विभिन्न उमेर समूहकाहरुलाई यस कुलतबाट छुट्कारा पाउन मद्दत गर्दै आएका छन् । हाल सो सेन्टरले करिब सय जनालाई न्यूनतम शुल्कमा यस प्रकारको सेवा प्रदान गरिरहेको छ ।

बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले सो रकम एक समारोहका बीच उक्त संस्थाका अध्यक्ष सोनाम शेर्पालाई हस्तान्तरण गरेका हुन् ।