मंगलबार, कार्तिक ११ गते २०८३

सदस्यको बचत सुरक्षामा बजार प्रतिनिधि सचेत हुनुपर्छ

बैशाख १०, २०८० आइतबार
सदस्यको बचत सुरक्षामा बजार प्रतिनिधि सचेत हुनुपर्छ


सहकारी संस्थाका बजार प्रतिनिधिहरुको एक दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ ।  भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को संस्थागत विकास उपसमितिको आयोजनामा तालिम भएको हो ।

\संघका उपाध्यक्ष हरि बल्लले बजारमा संस्थाप्रतिको विश्वासलाई भन्दा पनि व्याजदर र बजार प्रतिनिधिको अनुहार हेरेर सदस्यले बचत गर्ने गलत मनासिकताको विकास भएको बताउँदै सदस्यलाई सहकारी सम्बन्धी सही सूचना र शिक्षा दिई सदस्यको बचत सुरक्षाका लागि बजार प्रतिनिधि सचेत हुनुपर्ने आवश्यकता औंल्याए । तालिमबाट सिकेका ज्ञान सिप संस्थाको विकासका साथै व्यक्तिगत जिवनमा पनि प्रयोग गरी व्यक्तिगत उन्नति तथा प्रगति गर्न उनको सुझा थियो ।

संघका सचिव एवं उपसमितिका संयोजक जगनाथ प्रजापतिले संस्थाका लागि बजार प्रतिनिधि नभई संस्थाको प्रतिनिधि रहेको बताए । संस्थाको छवि निर्माणमा बजार प्रतिनिधिको महत्वपूर्ण भुमिका हुने चर्चा गर्दै तालिमले बजारमा सहकारीको सकारात्मक सन्देश प्रवाहमा टेवा पुग्ने जनाए ।

तालिम संघका व्यवस्थापक बालकृष्ण धोजुले सहजिकरण गर्दै हालको मन्दीको अवस्थामा बजार प्रतिनिधिहरु स्वउत्प्रेरित भई सदस्यहरुलाई निरन्तर सेवा, सम्पर्क र सहयोग गर्नुपर्ने उल्लेख गरे । हालको सहकारी क्षेत्र उत्पन्न समस्याको समाधान सदस्यलाई सहकारी शिक्षा र सबलिकरण गरी सदस्यबाटै खोज्नुपर्ने उनले औंल्याए ।

तालिममा सहभागीहरुले छोटो अवधिको तालिममा पनि समुह कार्य, प्रवचन, रोल प्ले जस्ता शिक्षण विधिहरुबाट धेरै कुराहरु सिक्न पाएकोमा खुशी व्यक्त गर्दै तालिम प्रभावकारी भएकोले बजार प्रतिनिधिहरुको क्षमता अभिबृद्धिमा धेरै सहयोग पु¥याएको जनाए । तालिममा सदस्य संस्थामा कार्यरत २० जना बजार प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।