बाग्लुङमा केन्द्रिय कार्यालय रहेको सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले यस आर्थिक बर्षको चैत्र मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले प्रकाशित गरेको वित्तीय विवरण अनुसार चैत्र मसान्तसम्म २१.०७ प्रतिशत तरलता रकम रहेको छ ।
संस्थाको तरलतामा ३१ करोड १२ लाख ६५ हजार रहेको प्रतिवेदनमा जनाइएको छ । त्यसैगरी संस्थाको सेयर पुँजी ३९ करोड ८६ लाख २० हजार शेयर पुँजी ७ करोड ७१ लाख ६० हजार जगेडा कोष १ अर्ब ४७ करोढ ७१ लाख बचत संकलन तथा ७ करोड ८६ लाख ४४ हजार संस्थागत पुँजी रहको छ ।
संस्थाको विभिन्न कोषमा १० करोड, २२ लाख,५२ हजार र कुल सम्पती २ अर्ब २ करोड ३६ लाख रहेको वित्तीय प्रतिवेदनमा उल्लेख छ । संस्थाले चैत्र मसान्तसम्म १ अर्ब ५२ करोड ७३ लाख ऋण लगानी गरेको छ । संस्थाले बैंक तथा वित्तीय संस्थामा १० करोड ६९ लाख लगानी गरेको छ । संस्थामा २५ हजार ४ जना सेयर सदस्य रहेकोमा ६ हजार ९०७ जनाले ऋण लिएका छन् ।