आइतबार, कार्तिक ९ गते २०८३

सहारा नेपाल साकोसको कुल वासलात १५ अर्ब ६१ करोडमाथि

बैशाख ८, २०८० शुक्रबार
सहारा नेपाल साकोसको कुल वासलात १५ अर्ब ६१ करोडमाथि

 

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको तरलतामा वृद्धि भएको छ । झापाकाे बिर्तामाेडमा मुख्य कार्यालय रहेकाे संस्थाको चैत्र मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार तरलता बृद्धि भएको हाे ।

फागुन मसान्तमा संस्थाको तरलता २२.२२ प्रतिशत रहेको चैत्र मसान्तमा बृद्धि भएर २३.२७ प्रतिशत पुगेको हो । तरलता १२ करोड ७४ लाखले वृद्धि भइ  २ अर्व ३६ करोड ८४ लाख ४३ हजार रुपैंयाँबाट  चैत्र महिनामा २ अर्व ४९ करोड ५८ लाख ९६ हजार पुगेको हो ।  

वित्तीय विवरण अनुसार संस्थाको जगेडा कोषमा मात्र १ अर्व ११ करोड २१ लाख ६६ हजार ८४० रुपैयाँ र अन्य विभिन्न कोषहरुमा ४४ करोड ३ लाख ३८ हजार ७२ रुपैयाँ सञ्चित रहेको छ ।

संस्थाको सेयर पूँजी १ अर्व ६४ करोड १३ लाख ३ हजार १ सय रुपैयाँ रहेको छ । त्यसैगरी बचत १० अर्ब ७२ करोड ४१ लाख र कर्जा लगानी ११ अर्ब ८८ करोड ९१ लाख रहेको छ ।

संस्थाको कुल वासलात १५ अर्ब ६१ करोड ६० लाख २१ हजार रहेको छ । संस्थामा १ लाख ६० हजार २५९ सदस्य आवद्ध रहेकामध्ये ८२ हजार ९१ जनाले ऋण लिएका छन् ।