शनिबार, आश्विन १७ गते २०८३

सिटिजन्स बैंक र अल्फा हेल्थ केयर सम्झौता, ग्राहकलाई २५ प्रतिशतसम्म छुट

बैशाख ८, २०८० शुक्रबार
सिटिजन्स बैंक र अल्फा हेल्थ केयर सम्झौता, ग्राहकलाई २५ प्रतिशतसम्म छुट

 

सिटिजन्स बैंक र अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरबीच सम्झौता भएको छ । यसपछि अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरमा सिटिजन्स बैंकका ग्राहकले विशेष छुट पाउने भएका छन्।  

अल्फा हेल्थ केयरमा सेवा लिने सिटिजन्स बैंकका ग्राहकले डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गर्दा २५ प्रतिशतसम्मको आकर्षक छुट पाउने बैंकले जनाएको छ।

बैंकले डिजिटल बैंकिङको प्रयोगलाई बढाउन र डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउने गरेको छ। डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी अन्य विवरणहरू वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ।