शनिबार, आश्विन १७ गते २०८३

विभिन्न वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकले गर्‍यो कारवाही, कारण यस्तो 

बैशाख ८, २०८० शुक्रबार
विभिन्न वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकले गर्‍यो कारवाही, कारण यस्तो 

नेपाल राष्ट्र बैंकले तेश्रो त्रयमासमा विभिन्न कैफियतका आधारमा वाणिज्य बैंकहरूलाइ कारवाही गरेको छ । 

तत्कालिन क्रेडिट एण्ड कमर्श बैंक हाल कुमारी बैंकलाइ कर्जा प्रवाहमा भएको कैफियत अनुसार सचेत गराइनुका साथै ५ लाख जरिवाना लगाइएको छ । 

राष्ट्रिय वाणिज्य बैंकलाइ सम्पत्ति शुद्धिकरणको कैफियतमा १० लाख जरिवाना गरिएको छ । 

नेपाल बैंक लिमिटेड, नबिल बैंक, ग्लोबल आइएमइ बैंक, कृषि विकास बैंक, हिमालयन बैंक र तत्कालिन सेञ्चुरी बैंकलाइ भने कर्जा–श्रोत परिचालन अनुपात कायम नगरेकोमा अनुपातिक जरिवाना तोकिएको राष्ट्र बैंकले जनाएकाे छ ।